2026-08-02 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)माथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईमाथि अन्तिम ओभरमा आएर नेपालले डकवर्थ लुइस (डीएलएस) विधिको आधारमा ६ रनको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी लक्ष्य पछ्याएको युएईको इनिङ्समा वर्षाका कारण अवरोध भएपछि ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो। युएईले ३८ ओभर खेल्दै ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सकेपछि नेपालले ६ रनको अन्तरले खेल आफ्नो पक्षमा पारेको हो।

युएईका लागि मध्यक्रमका ब्याटर मोहम्मद शहजादले ७२ बलमा ६५ रनको अर्धशतकीय योगदान दिएका थिए। त्यस्तै, तल्लो क्रममा आएका खुजैमा बिन तन्वीरले मात्र २६ बलमा ४९ रनको विष्फोटक इनिङ्स खेल्दै खेललाई अन्तिम समयसम्म रोमाञ्चक बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालको जितमा बलिङ तर्फ सन्दीप लामिछाने नायक बने । उनले ८ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित मात्र ३६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई मध्यम गतिका बलर सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिएर साथ दिएका थिए। नेपालका अन्य बलरहरूमा दीपेन्द्र सिंह ऐरी र गुलशन झा निकै किफायती देखिए, जसले युएईका ब्याटरहरूलाई खुलेर खेल्ने अवसर दिएनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरे। उनले ९४ बलमा १३ चौका र १ छक्काको मद्दतले ठीक १०० रन बनाएर अन्तिम ओभरमा रन आउट भए। नेपालका लागि एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पपुवा न्यूगिनीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए।

अनुभवी ब्याटर विनोद भण्डारीले ७९ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याए। अन्य ब्याटरहरूमा कप्तान रोहित पौडेलले ३९ रन र गुल्सन झाले ४४ रनको महत्त्वपूर्ण योगदान दिए। ओपनर अर्जुन कुमाल ११ रनमा आउट भए भने भीम सार्की शून्य रनमै पेभिलियन फर्किएका थिए। आरिफ शेखले ११ रन जोडे। नेपालले अतिरिक्त स्वरूप २८ रन प्राप्त गरेको थियो। बलिङतर्फ युएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए। त्यस्तै, हैदर अली र खुजैमा तन्वीरको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला