2026-10-20 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)माथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईमाथि अन्तिम ओभरमा आएर नेपालले डकवर्थ लुइस (डीएलएस) विधिको आधारमा ६ रनको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी लक्ष्य पछ्याएको युएईको इनिङ्समा वर्षाका कारण अवरोध भएपछि ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो। युएईले ३८ ओभर खेल्दै ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सकेपछि नेपालले ६ रनको अन्तरले खेल आफ्नो पक्षमा पारेको हो।

युएईका लागि मध्यक्रमका ब्याटर मोहम्मद शहजादले ७२ बलमा ६५ रनको अर्धशतकीय योगदान दिएका थिए। त्यस्तै, तल्लो क्रममा आएका खुजैमा बिन तन्वीरले मात्र २६ बलमा ४९ रनको विष्फोटक इनिङ्स खेल्दै खेललाई अन्तिम समयसम्म रोमाञ्चक बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालको जितमा बलिङ तर्फ सन्दीप लामिछाने नायक बने । उनले ८ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित मात्र ३६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई मध्यम गतिका बलर सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिएर साथ दिएका थिए। नेपालका अन्य बलरहरूमा दीपेन्द्र सिंह ऐरी र गुलशन झा निकै किफायती देखिए, जसले युएईका ब्याटरहरूलाई खुलेर खेल्ने अवसर दिएनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरे। उनले ९४ बलमा १३ चौका र १ छक्काको मद्दतले ठीक १०० रन बनाएर अन्तिम ओभरमा रन आउट भए। नेपालका लागि एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पपुवा न्यूगिनीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए।

अनुभवी ब्याटर विनोद भण्डारीले ७९ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याए। अन्य ब्याटरहरूमा कप्तान रोहित पौडेलले ३९ रन र गुल्सन झाले ४४ रनको महत्त्वपूर्ण योगदान दिए। ओपनर अर्जुन कुमाल ११ रनमा आउट भए भने भीम सार्की शून्य रनमै पेभिलियन फर्किएका थिए। आरिफ शेखले ११ रन जोडे। नेपालले अतिरिक्त स्वरूप २८ रन प्राप्त गरेको थियो। बलिङतर्फ युएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए। त्यस्तै, हैदर अली र खुजैमा तन्वीरको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ