२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

२०७९, १९ फाल्गुन शुक्रबार ११:१३

फागुन १९, काठमाडौँ | राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ । 

शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा आयोगले निर्णय गरेको जानकारी दिनुभएको हो ।

उहाँले दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र लिएर जानुपर्ने बताउनुभयो ।

त्यस्तै, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।  

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई