२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युवराज सफलको नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन

२०७९, २० फाल्गुन शनिबार ०९:३६

फागुन २०, काठमाडौँ | युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो ।

कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताउनुभयो । समाजवादी आन्दोलन हुँदै अन्तर्राष्ट्रिय समाजवादी सहयोग सङ्गठन बनाएर अघि बढ्ने उहाँको भनाइ छ । “मुलुकमा भएका भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई समाजवादी बाटोमा लैजाने र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो उद्देश्य हो”, संयोजक सफलले भन्नुभयो । 

बैंक तथा वित्तीय संस्थाले दिने सेवासुविधाबाट नागरिक सन्तुष्ट नभएकाले उनीहरुको मर्म र भावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई नवगठित मोर्चाले आग्रह गरेको छ । भान्सामा प्रयोग हुने कृषि तथा तरकारीजन्य वस्तुको गुणस्तर जाँच गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन मोर्चाको माग छ । 

नवगठित मोर्चाको सचिवालय सदस्यमा क्रमशः सुशील नाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, वासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ र गणेश ढकाल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई