२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘छक्कापञ्जा ४’ को घरेलु बक्स अफिसमा आक्रामक कमाइ

२०७९, २३ फाल्गुन मंगलवार ०७:४६

फागुन २३, काठमाडौँ | फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो ।


आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो । वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको जनाएको छ । वितरक मनोज राठीले अनलाइनखबरसँग भने, ‘छक्कापञ्जाको कमाइलाई एउटा लहरको रुपमा हेर्नुपर्छ । यसको कमाइ तत्कालै रोकिने छाँटकाँट देखिंदैन ।’

मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का छ । यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिन्छ । ‘छक्कापञ्जा ४’को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा फिल्मले उछाल कमाइ गरिरहेको छ ।

बुधबार नारी दिवसको छेकोमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ रिलिज हुँदैछ । नयाँ फिल्म रिलिज भएपनि ‘छक्कापञ्जा’को वेभलाई यसले असर पार्ने देखिंदैन, किनभने हल सञ्चालकले ‘छड्के २’को शोलाई कटौती गरेर यो हिन्दी फिल्मलाई दिइरहेका छन् । मल्टिप्लेक्सले छड्के २ को शोमा भारी कटौती गरेका छन् । बुधबार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले छड्के २ लाई सिभिल मलमा एक शो मात्र दिएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको भन्दै शो थप्नुपर्ने मागसहितका टेलिफोन आइरहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना