१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डविरुद्ध मुद्दा परेपछि लेखकले भने–सर्वोच्चको भूमिका सकारात्मक हुन्छ

२३ फाल्गुन २०७९, मंगलवार १०:४४

फागुन २३, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दामा परेपछि सर्वोच्च अदालतको भूमिका सकारात्मक हुने टिप्पणी गरेका छन् । 

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आठ दलीय गठबन्धनको बैठकपछि बोल्दै उनले अदालतमा रिट पर्नु स्वभाविक भएको भन्दै सर्वोच्चको भूमिका सकारात्मक हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, 'सामान्यता फौजदारी कानुन आकर्शित हुन्छ भन्ने होइन । यसअघिको रिट आदेशमा पनि द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्यायको ढंगले टुंगिनु पर्छ भनिसकेको छ । द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो ।' उनले छानबिन आयोग गठन गरेर द्वन्द्वकालीन मुद्दा छिटो निष्कर्षमा पुर्‍याउनु पर्ने बताए । 

'द्वन्द्वको बेलामा भएका घटनाहरू सङ्क्रमणकालीन न्याय ढंगले निरूपण गर्नुपर्छ । हाम्रो पनि कमजोरी भएको छ', उनले भने, 'रेगुलर कोर्टबाट होइन, सङ्क्रमणकालीन न्यायबाटै गर्नुपर्छ । ऐन बनाउन विधेयकहरू तत्काल संसदमा पेश गर्नुपर्छ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस