२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत

२०७९, २३ फाल्गुन मंगलवार १२:१५

फागुन २३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायको विषय सर्वाेच्च अदालतमा प्रवेशका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले संसद्मा त्यो विधेयक प्रस्तुतका लागि सरकार तयारीमा लागेको जानकारी दिनुभयो ।

उपमहासचिव बस्नेतले भन्नुभयो, “संसद्मा ‘विधेयकमाथिको छलफलमा ढिलाइ हुँदैन । मुख्य प्राथमिकतामा राखेर अघि बढाइने भएकाले छिट्टै नै कानूनी मान्यता प्राप्त गर्नेछ ।” उहाँले सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअनुरूप न्याय निरुपण गर्ने वातावरण सिर्जना गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्यलाई सरकार र राजनीतिक दलहरूले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले व्यावहारिक र विषयवस्तुका हिसाबले पनि यो विषय अदालतले निश्चित प्रक्रियाका आधारमा निरुपण गर्ने कार्य विस्तृत शान्ति सम्झौता र संविधानको भावनाविपरीत हुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “अदालतमा प्रवेश पाए पनि शान्ति सम्झौताको भावना र सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार नै टुङ्ग्याउने वातावरण बनाउने छ भन्नेमा हामी विश्वस्त छाँै ।” 

विविध कारणले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन समय लागे पनि देशकै लामो द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित विषय भएकाले बढी समय लाग्नुलाई अन्यथा लिन नमिल्ने जनाउँदै उहाँले सबै राजनीतिक दल र सरकारले यसलाई अघि बढाउन आवश्यक विधेयक प्रस्तुत गर्ने र तदारुकताका साथ टुङ्गोमा पु¥याउने विश्वास दिलाउनुभयो ।

पूर्वमन्त्री बस्नेतले कानून निष्कर्षमा पुगेसँगै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक खोजबिनसम्बन्धी आयोग तथा विशेष अदालतलगायत प्रक्रियालाई जतिसक्दो छिटो अघि बढाउन सरकारले क्रियाशीलताका साथ काम गर्नेछ भन्नुभयो । 

माओवादीसहितको अघिल्लो सरकारले त्यससम्बन्धी विधेयक छिटो अघि बढाउने भनेकामा केही दलले समितिमा लगेर छिटो टुङ्ग्याउनु भनेर त्यहाँ ढिला पठाइएकोमा केही ढिलाइ भएको बताउँदै उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा अब सबै पक्षका भावना र प्रतिक्रियालाई सम्बोधन गर्ने ढङ्गले आवश्यक कानूनी व्यवस्था हुने विश्वास दिलाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति