२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

२०७९, २४ फाल्गुन बुधबार ०७:५५

फागुन २४, काठमाडौँ | टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

नगरपालिकाले धापासी स्वास्थ्यचौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताउनुभयो । महिला आन्दोलनका कारण देशले महिला राष्ट्रपति पाएको उहाँको भनाइ थियो ।

“मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि सङ्घर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागीता बढेको छ”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ थियो । टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला सशक्त भएमात्र देशको विकास हुने बताउनुभयो ।

तेत्तिस प्रतिशत अधिकार महिला आन्दोलनका कारण प्राप्त भएको उहाँको भनाइ थियो । उपप्रमुख तामाङले नगरपालिकाभित्रका महिलाको निरन्तर स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । ग्रीनलाइफ हेल्थ केयरका डा क्षितिज सापकोटाले ग्रीनलाइफ हेल्थ केयरलाई सामुदायिक अस्पतालका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

टोखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नरोत्तम रानाले निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्त्रीरोग विशेषज्ञ परामर्श, पाठेघर मुखको क्यान्सर जाँच, प्रयोगशाला जाँच, भिडियो एक्सरे र औषधि वितरण निःशुल्क रुपमा गरिने जानकारी दिनुभयो । आज हुने निःशुल्क महिला स्वास्थ्य जाँचमा टोखाभित्रका दुईसय १४ महिलाले नाम दर्ता गरेको महिला शाखाकी अधिकृत विमला वाग्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति