१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथको टिप्पणी- कुर्सीका लागि गठबन्धन भएको हो, पाँच वर्षभित्र अझै बन्छन् र भत्कन्छन्

२४ फाल्गुन २०७९, बुधबार ०९:०५

फागुन २४, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धनको भविष्य नरहेको संकेत टिप्पणी गरेका छन्। बुधवार मोरङको उर्लाबारी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन कुर्सीका लागि मात्रै बनेको बताए।

उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

भनेपछि तपाईँकै दल पनि कुर्सीमै लिप्त त रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीको कुरा हामी आफै गर्छौँ। के गर्नुपर्छ के गर्नु पर्दैन त्यो हाम्रो आन्तरिक मामिला हो। हामी आफै निर्णय गर्छौँ। तर, गठबन्धनको श्रृङ्खला चाहिँ धेरै आउँछन्।’

उनले नेकपा (माले) र नेकपा (एमाले) ले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको बताए। एमाले, माओवादी, जसपा कोहीसँग पनि पार्टी एकीकरणको सम्भावना नरहेको प्रष्टाए।

उनले आफूलाई राष्ट्रपति बनाइदिन कसैलाई पनि नभएको दाबी गर्दै बनाएको भए राम्रोसँग काम गर्न सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो