२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको सर्वोच्च मुद्दाबारे भारत र बेलायतका मिडियामा चर्चा

२०७९, २४ फाल्गुन बुधबार १०:५७

फागुन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेशी तोकेको समाचार विश्वभर हेडलाइन बनेको छ ।

भारतीयदेखि बेलायतीसम्मका मिडियाहरुमा यसबारे समाचार आएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सले प्रचण्डले तीन वर्ष अगाडि पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेको भाषणको आधारमा उनलाई पक्राउ गर्ने मुद्दा परेको उल्लेख गरेको छ ।

प्रचण्डलाई नेपालमा भएको दश वर्ष लामो युद्धका गुरिल्ला कमान्डर भन्दै रोयटर्सले बिहीबार पेशी तोकिएको लेखेको छ ।

यस्तै भारतीय अखबार इन्डियन एक्सप्रेसले सन् २०२० जनवरी १५ मा प्रचण्डले पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेर भनेकाले उनीविरुद्ध मुद्दा परेको उल्लेख गरेको छ ।

न्यायाधीशहरु ईश्वर खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएसँगै प्रचण्डलाई थप तनाव थपिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

यस्तै प्रकृतिको समाचार भारतीय मिडिया एबीपी न्यूजलगायतले समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति