१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकै सबैभन्दा वृद्ध महिलाको १२८ वर्षको उमेरमा निधन

२४ फाल्गुन २०७९, बुधबार ११:२४

फागुन २४, काठमाडौँ | विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन् । उनी १८९४ मा जन्मिएकी थिइन् । उनी यसै वर्ष मे महिनामा १२९ वर्षकी हुँदै थिइन् । जोहानाका आफन्तका अनुसार उनको ३ मार्चमा मृत्यु भएको थियो ।


२०२२ मा न्युज २४ सँगको कुराकानीमा उनले भनेकी थिइन्– ‘म अझै किन जिउँदै छु ? मेरा साथीहरू मरेका छन्। म कहिले मर्छु ? अझै जिउनुको अर्थ के हो ? एकै ठाउँमा बस्दा थाकेकी छु ।’ जोहन्नाका नजिकका साथीहरू आफूसँग जोहन्नाको परिचयपत्र रहेको र त्यसैको आधारमा जोहानाको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता हुनुपर्ने बताउँछन् ताकि उनी सम्मानित हुन सकून् ।

जोहन्नाले आफ्नो शरिर कडा हुन थालेको र हिँडडुल गर्न पनि गाह्रो भएको बताएकी थिइन् । उनले भनेकी थिइन्- जब म मान्छेहरु हिडिरहेको देख्छु, मलाई पनि लाग्छ कि म पनि उनीहरु जस्तै हिँड्न पाए हुन्थ्यो । मसँग एक हेरचाहकर्ता छ जो मसँग २००१ देखि छ। उनी मेरो लागि यति खास भइन् कि उनी नजिक नभएसम्म म सुत्न पनि सक्दिन।

जोहानाका १२ भाइबहिनी थिए। तीमध्ये ३ जना अझै जीवित छन् । उनको विवाह स्टवना माजिबुकोसँग भएको थियो। दुवैका ७ सन्तान छन् । उनका ५० भन्दा बढी नातिनातिनाहरू, पनातीपनातिनाहरू र खनातिखनातिनाहरू छन्।

जोहानाले कहिल्यै अध्ययन गरिनन्। खेतबारीमा काम गर्थिन् । २०२२ मा उनले भनेकी थिइन्– म मेरो बाल्यकाल सम्झन्छु । त्यतिबेला कुनै समस्या थिएन । खाना पनि स्वस्थ थियो। मिसावट थिएन ।

१२८ वर्षकी जोहाना माजिबुको १८ औं शताब्दीमा जन्मिएकी थिइन् । उनले १९१४ मा पहिलो विश्वयुद्ध, १९३९ मा दोस्रो विश्वयुद्ध देखिन् । उनले स्पेनिस फ्लुदेखि लिएर कोरोना महामारीको सामना गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो