फागुन २५, काठमाडौँ | राष्ट्रपति निर्वाचनमा भोट हालेपछि प्रदेश सांसद गोविन्द न्यौपाने अस्वस्थ भई ढलेका छन् ।
मतदानस्थलमा भोट हालेर फर्किँदै गर्दा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपाने ब्लड प्रेसर बढेका कारण ढल्न पुगेका हुन् ।
टाउकोमा चोट लागेका उनलाई बानेश्वरको संसद भवनअगाडि रहेको सिभिल अस्पताल पुर्याइएको छ ।
७१ वर्षीय सांसद सप्तरी ४ (१)बाट निर्वाचित भएका थिए । उनी मधेस प्रदेशका ज्येष्ठ सदस्य हुन् ।
ज्येष्ठ सदस्यको हिसाबले उनले यसैपटक प्रदेशसभाको अध्यक्षता गरेका थिए ।