१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने

२५ फाल्गुन २०७९, बिहीबार ०७:०९

फागुन २५, काठमाडौँ | नेपाल मजदुर किसान पार्टी(नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका सचिव प्रेम सुवालले जनाएका छन् । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कांग्रेस र एमालेको दृष्टिकोणमा अन्तर नभएको जनाउँदै निर्वाचनमा सहभागी नहुने निर्णय भएको सुवालले बताएका छन् । उनी भन्छन्, 'आज मिति २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो । राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर छैन ।'

राष्ट्रपति निर्वाचनमा नेमकिपाका सांसदको मतभार २२३ रहेको छ । प्रतिनिधिसभामा नेमकिपाका १ र वाग्मती प्रदेशसभामा ३ सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो