१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनका सन्दर्भमा रास्वपाको तीन बुँदे स्पष्टीकरण

२६ फाल्गुन २०७९, शुक्रबार ०६:१७

फागुन २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीन बुँदे स्पष्टीकरण दिएको छ। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले अन्तिम समयमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो। उसका सांसदहरूले सोही अनुसार मतदान गरेका थिए।

कतिपयले राष्ट्रपति निर्वाचनमा सहभागी भएकै विषयमा समेत आलोचना गर्न थालेपछि रास्वपा प्रवक्ता मुकुल ढकालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् तीन बुँदे स्पष्टीकरण दिएका हुन्।

उनले आफूहरूको वाचाअनुसार गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न आफूहरूसँग मतभार नरहेको र हार्ने  निश्चित चुनावमा गैरदलीय व्यक्तिलाई उठाएर उसको छविमा असर पार्न नखोजेको बताएका छन्।

उनले गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त नभएकैले निर्वाचनमा भाग लिएको समेत प्रष्ट्याएका छन्। 

'स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबिच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको बिनाकुनै दबाब नै मतदान गर्नु भएको हो। उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो, जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ', ढकालले भनेका छन्।

उनले पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित रहेको उल्लेख गरेका छन्। भिन्दाभिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्ने भएकाले एकै उम्मेदवारलाई मतदान गरिएको उनको प्रष्टीकरण छ।

'रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागि रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन', प्रवक्ता ढकालले भनेका छन्। 

उनले बाँकी अवस्थामा मतभारका आधारमा रास्वपा जेजति गर्न हिँडेको हो त्यसमा हौसला आवश्यक र मार्गदर्शन पाइरहने विश्वास लिएका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो