१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलेक्ट्रोनिक पर्यटक भिसामा आवेदन दिन मिल्ने

२६ फाल्गुन २०७९, शुक्रबार ०८:१६

फागुन २६, एजेन्सी | साउदी अरेबियाको पर्यटन मन्त्रालयले खाडी सहयोग परिषद् (जीसीसी) का सबै नागरिकले अब इलेक्ट्रोनिक रुपमा साउदी अरबको पर्यटक भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ।

जीसीसी खाडी देशहरुको समूह हो। जसमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स समावेश छन्।

साउदी प्रेस एजेन्सीका अनुसार पर्यटक भिसाधारकहरुलाई साउदी अरेबियाका विभिन्न क्षेत्रहरु भ्रमण गर्न र उमराह गर्न अनुमति दिइनेछ। कुनै पनि पेसाका जीसीसी बासिन्दाहरुलाई साउदी अरब भ्रमण गर्न अनुमति दिनु राज्यले आफ्नो इतिहास र सम्पदालाई सकेसम्म धेरै मानिसहरुलाई पहुँचयोग्य बनाउन पहलको एक हिस्सा हो।

साउदी अरबका पर्यटनमन्त्री अहमद अल–खातिबले भने, ‘जीसीसीका बासिन्दाहरुका लागि भिसा आवेदन अब सरल र सुविधाजनक हुनेछ। आवेदक कुन पेसाको होस् भन्ने फरक पर्दैन।’

मन्त्रालयले भनेको छ कि सबै जीसीसी बासिन्दाहरुले ‘भिजिट साउदी’ प्लेटफर्ममार्फत आवेदन दिएर इलेक्ट्रोनिक पर्यटक भिसा प्राप्त गर्न सक्छन् र यो भिसाले राज्यमा प्रत्यक्ष प्रवेश गर्न अनुमति दिनेछ। तर, आगन्तुकको आवास अनुमति कम्तीमा ३ महिना र राहदानी कम्तीमा ६ महिनाका लागि मान्य हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो