१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचन आयोगको विज्ञप्तिले अन्योल– उपराष्ट्रपति महिला नै बन्नुपर्ने हो कि पुरुषले पनि पाउँछन् ?

२६ फाल्गुन २०७९, शुक्रबार ०८:३७

फागुन २६, काठमाडौँ | राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपति महिला वा फरक समुदायको हुँदा पुरुष नै भए पनि हुने वा नहुने भन्नेमा बहस देखिएको छ ।

उपराष्ट्रपतिमा जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ। यस्तोमा फरक लिंगका आधारमा महिला उपराष्ट्रपति हुनुपर्ने कतिपयले तर्क गर्न थालेका छन्। 

यसै प्रसंगमा निर्वाचन आयोगले विज्ञप्ति नै निकालेर व्याख्या गर्ने प्रयास गरेको छ ।

‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।

राष्ट्रपतिमा निर्वाचित पौडेल खसआर्य समुदायका पुरुष रहेका भन्दै आयोगले उपराष्ट्रपति खस आर्यभन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न जानकारी गराएको छ । 

निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष पौडेल निर्वाचित भएपछि अझ बढी समावेशी बनाउन दलहरूले महिला पात्र खोज्नुपर्ने सुझाए। 

अर्यालले लोकान्तरसँग भने, ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्छ भनेको छ । यस्तोमा अब दलहरूले खस आर्यभन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदायका रूपमा दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम समुदायका व्यक्तिको मनोनयनपत्र मात्र आयोगले दर्ता गर्नेछ ।’ 

बढी समावेशी बनाउन दलहरूले उपराष्ट्रपतिमा फरक लिंग खोजी गरिनुपर्ने अर्यालले जोड दिए। 

संविधान र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुसार राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति पुरुष नै भए पनि फरक समुदायको हुनुपर्ने हुन्छ। 

उपराष्ट्रपतिबारे आयोगले गरेको व्याख्यामा के छ ? 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा 'यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ' भन्ने व्यवस्था छ।

साथै  ऐनको दफा १६ को उपदफा (५) मा 'यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ' भन्ने व्यवस्था छ।

'संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्नुपर्छ,' व्यहोरा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल