१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपराष्ट्रपतिमा महिला हुनुपर्ने माओवादीको धारणा

२६ फाल्गुन २०७९, शुक्रबार ०९:२२

फागुन २६, काठमाडौँ | नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा महिला हुनु पर्नेमा जोड दिएका छन्। 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा लैंगिक रुपमा फरक हुनु पर्नेमा उनले जोड दिएका हुन्। 


शुक्रबार बिहान माओवादी घटकका दलहरुको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै गुरुङले उक्त कुरा बताएका हुन्। 

‘उपराष्ट्रपतिमा जसले सिफारिस गर्ने भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास बसालियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ। नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो,’ गुरुङले भने,‘हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।’

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले चैत ५ गतेपछि मात्रै सरकार विस्तार हुने पनि बताएका छन्।

आगामी चैत ३ हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। राष्ट्रपतिमा बिहीबार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ