२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महराको ड्राफ्ट प्रचण्डले फेरेपछि माओवादी धार विभाजित

२०७९, २८ फाल्गुन आईतवार १२:०४

फागुन २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरेपछि तीन माओवादी धार अलग भएका छन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले संशोधन गरेर तयार गर्न लगाएपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।  

जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।  ‘संयुक्त अपिल तयार गर्न   महराजीलाई तयार गर्न जिम्मेवारी दिएको थियो । त्यसमा नौ माओवादी धारका नेताहरूले सहमति जनाएका थियौ’ वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘महराजीले तयार गरेको  अपिल पुनः प्रचण्ड जीले अध्ययन गर्नुभयो । उहाँले यो हुँदैन यसरी बनाउनुस् भनेर अर्को अपिल तयार गर्नुभयो ।’

प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेलले बताए । सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेपछि सहभागी नभएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको बताए । ‘मैले ड्राफ्ट गरेको अपिल चित्त नबुझेर नआएको भन्ने मेरो भाषा होइन,उहाँहरूको भाषा होला मलाई थाहा छैन’  महराले भने ।

अब माओवादी धारको बैठकमा तीन दल सहभागी नहुने भएका छन् । आफ्नै तरिकाले तीन दलले कार्यक्रम र योजना बनाएर अघि बढ्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति