१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाले किन राख्यो उपराष्ट्रपतिमा दुई उम्मेदवार कायम ?

२९ फाल्गुन २०७९, सोमबार ०६:३१

फागुन २९, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवार कायम राखेको छ । निर्वाचन आयोगले स्थापना गरेको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहाय यादवको उम्मेदवारीलाई कायम राख्ने निर्णय गरेपनि सो दलले प्रमिला यादवको उम्मेदवारीलाई पनि कायम राखेको छ ।

हिजो चार बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा थियो । सो अवधिमा राष्ट्रिय सभाका सदस्य समेत रहेकी जसपाका नेतृ प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिन्छिन् भन्ने धेरैको अनुमान थियो । उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न जसपाको केन्द्रीय कार्यालयमा पदाधिकारीको छलफल पनि थियो । तर, छलफलमा अधिकांश नेताले अर्का उम्मेदवार रामसहाय यादवको विरुद्धमा सर्वोच्च अदालतमा पनि रिट दायर हुनसक्ने कुरा राखेका थिए ।


त्यसका लागि प्रमिला यादवको उम्मेदवारीलाई कायम राखौँ भन्ने छलफलले निष्कर्ष निकालेपछि हालसम्म उनको उम्मेदवारी कायम छ । निर्वाचन अधिकृतको कार्यालयले जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य रामसहाय यादवको उम्मेदवारी कायम राखेपछि थप कानुनी उपचारमा जाने कि विषयमा एमाले, जनमत पार्टीलगायत अन्य महिला कानुन व्यवसायीहरुले हिजो छुट्टा छुट्टै छलफल गरेको सूचना जसपा पार्टी कार्यालयमा पुगेको थियो । 

त्यसले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई झन् झस्काई दियो । उनले यो अवस्थामा प्रमिला यादवलाई उम्मेदवारी फिर्ता लिन लगाएर ‘रिस्क’ लिन चाहेनन् । जसपाका एक नेताले भने, ‘प्रमिला यादवको उम्मेदवारीलाई ‘वेट एण्ड सी’ को पोजिसनमा राखेका छौँ, अवस्था हेरेर ब्याक हुनुहुन्छ ।’ 

उपराष्ट्रपतिका उम्मेदवार प्रमिला यादवले भनिन्, ‘उम्मेदवारी फिर्ता लिने कुनै कुरा छैन, हिजोसम्म फिर्ता लिइएन भने अब कहाँ फिर्ता लिने कुरा हुन्छ । साथीहरुसँग छलफल भइरहेको छ, परस्थिति के हुन्छ त्यो अनुसार अगाडि बढ्ने कुरा हुन्छ ।’

जसपा प्रवक्ता मनिष सुमनले प्रमिलाले आज उम्मेदवारी फिर्ता लिने बताए । उनले भने, ‘हिजो दौडधुपका कारण उम्मेदवारी फिर्ता लिन सक्नुभएन, पार्टीमा अझै छलफल चलिरहेको छ, जुनसुकै बेला उहाँ (प्रमिला)ले अर्का उम्मेदवार (रामसहाय यादव)लाई समर्थन गर्न सक्नुहुन्छ ।’

महिला–पुरुषको कुरा ल्याएर बेकारमा उपराष्ट्रपतिको चुनावलाई विवादस्पद बनाएको भन्दै उनले संविधानमा जुन कुरा प्रष्ट उल्लेख छ, त्यसमा आयोगले जानी जानी विवाद सिर्जना गरेको दाबी गरे ।

नेपालमा राजनीतिमा थुप्रै चलखेल हुने गरेको भन्दै दुईजना उम्मेदवार उठाएको उनको भनाइ छ । उनले संविधानमा भएको व्यवस्थाप्रति जसपा ढुक्क रहको भन्दै समय आएपछि प्रमिला यादवले कुनै निर्णय लिने जानकारी दिए । 

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले आफ्नो लागि प्रचार प्रसार पनि सुरु गरिसकेका छन् । प्रत्येक सांसदलाई हिजै मोबाइल सन्देश पठाइसकेका छन् । आजदेखि उनले सांसदहरु भेटेर मत माग्ने तयारीमा छन् । दलहरुलाई पत्र लेखेर नै उपराष्ट्रपतिमा मत दिनका लागि आग्रह गर्ने तयारी जसपाको छ । यता, प्रमिला यादवले कुनै प्रचारप्रसार सुरु गरेकी छैनन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी