२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको कोठी गायब !

२०७९, २९ फाल्गुन सोमबार १६:४७

फागुन २९, काठमाडौँ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ ग्रहण गरे । शपथ ग्रहणको क्रममा राष्ट्रपति पौडेलको अनुहारको दाहिने गालातर्फ आँखानजिकै स्पष्टै ठूलो र बायाँ तर्फ पनि स्पष्ट देखिने तर दायाँको भन्दा केहि सानो कोठी देखिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा भने उनको मुख्य हुलियानै गायब गरेर फोटोसप गरिएको तश्वीर सार्वजनिक गरिएको छ । 

माथिको तश्वीर: राष्ट्रपति कार्यालयको वेबसाइटबाट जस्ताको तस्तै स्क्रिनसट गरि लिईएको हो । 

सरकारी कामकाजका क्रममा अनुहारमा देखिने अरुको भन्दा फरक आकृतिलाई कोड गरेर हुलिया पहिचान खुलाउने गरिन्छ तर राष्ट्रपति पौडेलको अनुहारमा स्पष्टै टाढैबाट पनि देखिने कोठी समेत हटाएर फोटो सार्वजनिक गरिएको छ । जसको आधारमा फोटो र वास्तविक अनुहार भिडाउने क्रममा सम्बन्धित व्यक्तिको वास्तविक पहिचानमा शंका हुन्छ । 

वास्तविक व्यक्तिको फोटोमा केहि अस्थाई अवस्थाहरु फोटो सम्पादनको क्रममा हटाउने कुरा सामान्य कुरा हो तर वास्तविक हुलियानै हटाउनु सामान्य नहुने प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त भएका  छन् । 

वास्तविक पहिचाननै गायब गरेर तश्वीर सार्वजनिक भएपछि त्यसै प्रभाव स्वरुपमा विदेशी नियोग र नेपालका अधिकांश सरकारी कार्यालयहरुमा समेत राष्ट्रपति पौडेलले वास्तविक अनुहार बिनाकै कोठी गायब भएका तश्वीरहरु आउन सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति