फागुन ३०, काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३०, काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न"/>
१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएनः मुख्यमन्त्री अधिकारी

३० फाल्गुन २०७९, मंगलवार ०६:३६

फागुन ३०, काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस) को जिज्ञासामा उहाँले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक  पक्ष भएको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो । लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उलङ्घन भएको छ ।”  

दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताउनुभयो ।


एक प्रसङ्गमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारीले भन्नुभयो, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो । प्रदेश मन्त्रालयको सङ्ख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौँ ।”

देशको स्वाधीनता र लोकतन्त्रमाथि प्रश्न चिह्न खडा गर्ने काम नेपाल र नेपालीलाई सह्य नहुने बताउँदै नेता अधिकारीले लामो सङ्घर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य तथा राजनीतिक दलका नेता एवं कार्यकर्तामा सुझबुझ र धैर्य आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “राजनीतिक प्रभावभन्दामाथि उठेर गण्डकी विश्वविद्यालय, त्यसको नीतिसँग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान, जनशक्ति र आवश्यकता अनुसारको संरचना, प्रादेशिक अस्पताल निर्माणजस्ता प्रदेशका उपलब्धि र धेरै राम्रा पक्ष हुन् ।” प्रदेशले केन्द्रीय सरकारबाट खास गरी प्रहरी समायोजन तथा सङ्घीय निजामती ऐन र साझा अधिकारसम्बन्धी ऐन छिटो आओस् भनेर जोडबल गरिरहेको बताउँदै पूर्वस्वास्थ्य तथा जनसङ्ख्या अधिकारीले वित्तीय अधिकारलगायत विषयमा छिटो कानुन तर्जुमा नहुँदा ठूलो चुनौती खडा भइरहेको धारणा राख्नुभयो ।

प्रदेशको अग्रसरतामा निर्माणका लागि बोलपत्र आह्वान भई अघि बढिरहेका हजाराँै योजना सङ्घीय सरकारले आफ्नो मातहत लगेर प्रदेशलाई कमजोर तुल्याउन खोजेको आरोप लगाउँदै उहाँले स्रोतको सुनिश्चितता नभइ आयोजना अघि बढाउँदा समयमा प्रतिफल प्राप्त हुन कठिनाइ हुने धारणा राख्नुभयो ।

 त्यसरी योजना अघि बढाउँदा प्रदेशको स्वअधिकार नहुने मात्र नभइ केन्द्रको छायामा मात्र सीमित हुन पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “प्रदेश अहिले नाम मात्रको सरकारका रूपमा छ, ऊसँग न प्रहरी छ, न कानुन न त कर्मचारी नै ।”

पोखरामा केही समयअघि भएको हवाईजहाज दुर्घटनाको उद्धारका लागि तत्काल परिचालन गर्न कर्मचारी र जनशक्ति नभएको घटना सुनाउँदै उहाँले भन्नुभयो, “प्रदेशका लागि चाहिने कानुनी व्यवस्था, जनशक्ति र भौतिक संरचनाकै अभाव छ ।” राज्य पुनःसंरचना र पूर्वाधार बनाउन पञ्चवर्षीय योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको बताउँदै मुख्यमन्त्री अधिकारीले विकास निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच दोहोरोपना नपरोस् भनी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिसकिएको जानकारी दिनुभयो । 

“संविधानमा लेखिएका, व्यवहारमा देखिएका विषय जति नै उठान गरे पनि केन्द्रीकृत मानसिकताका कारण अपेक्षाकृत परिवर्तन हुनसकेको छैन । राष्ट्रहित र जनहित विपरीत अवसरवादलाई राजनीतिको सिद्धान्त बनाइन हुन्न”, पूर्वगृहमन्त्रीले भन्नुभयो । सामान्य छलफल र निर्णयबाट कतिपय विषय संवैधानिक अन्तरप्रदेश समन्वय परिषद्को बैठकले टुङ्ग्याउन सक्ने भए पनि लामो समयदेखि नबसेका कारण थाँती नै रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन, साझा अधिकार र  निजामती ऐन नबनेसम्म सङ्घीयता कार्यान्वयन भएको अर्थ देखिन्न भन्नुभयो ।

उहाँले प्रदेशको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय सरकारले तत्काल जग्गा प्राप्ति ऐनमा संशोधन गरेर स्वामित्व र  निक्र्याेल गर्न सक्ने अधिकार स्थानीय तह र प्रदेशलाई दिन सङ्घीय सरकारसँग माग गर्नुभयो । मुख्यमन्त्री अधिकारीले संविधानले व्यवस्था गरेअनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय, सहअस्तित्व र सम्बन्धका आधारमा  कानुनी, संवैधानिक र अरू समस्यालाई तदअनुकूल सम्बोधन गरी अघि बढ्ने वातावरण बनाउन केन्द्रीय सरकार र राजनीतिक दललाई आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी