१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो

३० फाल्गुन २०७९, मंगलवार ०८:४७

फागुन ३०, काठमाडौँ | पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । 

मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । 

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो । 

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताउनुभएको छ । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो । विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा कार्कीको भनाइ छ । 

मरेका गिद्धको पोस्टमार्टमपछि सङ्कलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौंँस्थित विधि विज्ञान प्रयोगशालामा  पठाइने छ । प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन भन्न सकिने डा कार्की बताउनुहुन्छ । 

घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै सङ्ख्यामा गिद्ध बिरामी अवस्थामा हुनसक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण सङ्घको संयुक्त टोली आसापासको जङ्गलमा मङ्गलबार खोजी गर्ने जटायु रेष्टुराँका अध्यक्षसमेत रहनुभएका चरा विज्ञ डिबी चौधरीले बताउनुभयो ।

 मरेका घरपालुवाको जनावरमा विष मिसाएर स्याल मार्न खोज्दा मरेको स्यालको सिनो खाएर गिद्ध मरेकाले विषादी प्रयोग गरेर स्याल मार्नेको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो । 

गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो । 

संरक्षणको क्षेत्रमा उदाहरणीय काम हँुदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ । यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी