१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन-२ को उपनिर्वाचनमा को होला एमाले उम्मेदवार ?

३० फाल्गुन २०७९, मंगलवार १०:०२

फागुन ३०, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ ।

रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला ठूला दल कांग्रेस र एमालेबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ ।

कांग्रेसबाट यसअघि पराजित उम्मेदवार उमेश श्रेष्ठ, जिल्ला पार्टी सभापति राजेश्वर खनाल र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेसका केही नेताहरुले चितवन क्षेत्र नंं १ बाट टिकटको चाहना राखेर पनि नपाएका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउनुपर्ने भनेर लविङ्गसमेत गरेका छन् ।

एमालेबाट उम्मेदवार को बन्ला भन्ने चासो देखिएको छ । एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने एमाले स्रोतले बताएको छ ।


दुईपटकसम्म क्षेत्र नं. २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन् ।

कालिका नगरपालिका निवर्तमान प्रमुख श्रेष्ठले एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन् । ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ,’ श्रेष्ठले भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ ।’

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पनि चितवन २ मा उठ्ने चाहना राखेका छन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएर कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । एमाले जिल्ला अध्यक्ष न्यौपानेले पार्टीले निर्णय गरे चितवन २ मा उम्मेदवार बन्ने बताए । ‘पार्टी भित्रबाट को उम्मेदवार बन्छ भन्ने कुरामा समस्या छैन, जो बने पनि पार्टी जिताउन लाग्छ’ अध्यक्ष न्यौपानेले भने, ‘तर एमालेले यसपटक कसैलाई पनि समर्थन गरेर मैदान खाली गर्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एमाले महासचिव शंकर पोखरेलले लामिछानेलाई उपचुनावमा सहयोग गर्न सक्ने बताएपछि एमाले चितवनका नेताहरु अलमलमा परेका थिए । अहिले सत्ता समीकरण बदलिएपछि र एमालेले आफ्नै उम्मेदवार खडा गर्ने संकेत गरेपछि भने नेताहरू बीच सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक छलफल हुँदै आएको छ ।

एमाले बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले उम्मेदवारी दर्ता गराउने दिन आउन २० दिन बाँकी रहँदा उपर्युक्त उम्मेदवारको खोजी सुरु भएको बताए । उनले आफू स्वयं भने उम्मेदवारको दौडमा नभएको बताए । ‘सकभर नयाँ साथीहरुलाई मौका दिनुपर्छ भन्ने हो,’ सचिव सुवेदीले भने, ‘एमालेले मैदान खाली गर्दैन, सशक्त उम्मेदवार उठाउँछौं ।’

चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले गत निर्वाचनमा क्षेत्र नं. २ मा १ लाख २४ हजार २१५ मतदाता रहेकामा यसपटक ६३१ जना नयाँ मतदाता थपिएको बताए । नयाँ थपिएकाको जाँचबुझ र मृत्यु भएकाहरुको लगत कट्टाको काम चलिरहेको उनले बताए । सो हुँदा समग्रमा २ सयदेखि ३ सय नयाँ मतदाता थपिन सक्ने उनले अनुमान गरे ।

मतदाताको अन्तिम नामावली चैत १५ गते प्रकाशन गर्ने तालिका छ । चैत १८ गते निर्वाचन कार्यालय स्थापना, चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारी फिर्ता र दावी विरोध तथा २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनपछि उपनिर्वाचनको तयारीमा जुट्ने निर्वाचन आयोगको तयारी छ । यसपटक चितवन क्षेत्र नं. २ सँगै तनहुँ क्षेत्र नं. १ मा पनि उपनिर्वाचन गर्नुपर्ने छ । त्यहाँबाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ