१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्डलाई सकस, भागबण्डा मिलाउन चुनौती

३० फाल्गुन २०७९, मंगलवार ११:२३

फागुन ३०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको माओवादी केन्द्रका एक मन्त्रीले बताए । सबैलाई समेटेर मन्त्रालयको भागबण्डा लगाउन कम चुनौती छैन ।


‘उपराष्ट्रपतिको चुनाव आगामी शुक्रबार सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाउँछ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू चैत ११ गतेभित्र विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने योजनामा हुनुहुन्छ । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले चैत ५ वा ८ गते विश्वासको मत लिने तयारी भइरहेको ती मन्त्रीको दाबी छ । तर दलहरुबीच मन्त्रालय भागबण्डाबारे अझै प्रस्ट भइसकेको छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि उत्तिकै संख्यामा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृह सहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा चर्को दाबी गरेको छ ।उता माओवादी केन्द्रले गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरुले दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् ।सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ ।

चितवन–२ मा हुने उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने फेरि उम्मेदवार बन्ने र उनी निर्वाचित भएर आएपछि सरकारमा जान सक्ने आकलन छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारको पक्षमा उभिएका रास्वपा बाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउँछन् । ‘सरकारमा कुन कुन दल जाने ? कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छैन,  पौडेलले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै मन्त्रालय भागबण्डाका विषयमा छलफल हुन्छ । अनि सबै टुङ्गो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ