२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घाँटी रेटिएको अवस्थामा भेटिए शाही : डिप्रेसनको औषधि खान्थे, विदेश जाने तयारीमा थिए

२०७९, १ चैत्र बुधबार ०९:४२

चैत १, सुर्खेत | वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा मंगलबार सुर्खेतमा एक पुरूषको शव स्थानीयले देखे।

स्थानीयले प्रहरीलाई खबर गरे। घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा शव देखेपछि घटनास्थलको मुचुल्का तयार गरि आवश्यक अनुसन्धानका लागि कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली बोलायो।

दिउँसो भेटिएको शवको पहिचान बेलुका मात्र भयो। मृत फेला परेका पुरूष वीरेन्द्रनगर नगरपालिका–१० दीपनगर टोलका ४१ वर्षीय ध्रुव शाही रहेछन्।

शाहीको शव घाँटीको अघिल्लो भागमा धारिलो हतियारले काटिएको थियो। शव नजिनै चक्कु पनि फेला पर्यो।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार मृत भेटिएका शाही मंगलबार बिहान १० बजेमात्र खजुरामा रहेको दिदीको घरमा जान भनेर निस्किएका थिए।

‘बिहान १० बजेतिर आफ्नो घरबाट निस्किएर दिदीको घरमा गएका रहेछन्, दिदीको घरबाट भने साढे ११ बजे निस्किएका थिए, भन्ने कुरा हामीले परिवारसँग बुझ्यौं,’ डिएसपी  शाहीले भने, ‘शव भेटिएको वरिपरि बस्ती छ, नजिकै चक्कु पनि भेटिएकाले झट्ट हेर्दा हत्याजस्तो नदेखिए पनि थप कुरा अनुसन्धानबाटै खुल्नेछ।’

घटनापछि प्रहरीले मृतकका परिवारसँग गरेको सोधपुछमा उनमा मानसिक तनाव भइरहने र डिप्रेसनको औषधि खाने गरेको खुलेको छ। शाही र उनकी श्रीमती मंगलबार बिहान खाना खानुअघि औषधि लिन वीरेन्द्रनगर बजारमा रहेको माया नर्सिङ होममा गएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

अस्पतालबाट फर्किएपछि खाना खाएर शाही दिदीको घर जान भनेर हिँडेका थिए। दिदीको घरबाट निस्किएको समय साढे ११ बजेदेखि शव भेटिँदासम्मको समय उनले कहाँ बिताए भन्ने बारेमा भने खोजी भइरहेको डिएसपी शाहीको भनाइ छ।

मृत भेटिएका शाही सुरूमा नेपाली सेनामा कार्यरत थिए। उनले १३ वर्ष जागिर गरेर छोडेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

कतारबाट फर्किएपछि गाडी किनेर चलाएका उनले तीन महिनामै गाडी बेचेको प्रहरीले जनाएको छ। त्यसयता अहिले पुनः वैदेशिक रोजगारीका लागि जाने योजना बनाइरहेका थिए।

शाहीका एक छोरा र एक छोरी छन्। शाहीको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति