१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घाँटी रेटिएको अवस्थामा भेटिए शाही : डिप्रेसनको औषधि खान्थे, विदेश जाने तयारीमा थिए

१ चैत्र २०७९, बुधबार ०९:४२

चैत १, सुर्खेत | वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा मंगलबार सुर्खेतमा एक पुरूषको शव स्थानीयले देखे।

स्थानीयले प्रहरीलाई खबर गरे। घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा शव देखेपछि घटनास्थलको मुचुल्का तयार गरि आवश्यक अनुसन्धानका लागि कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली बोलायो।

दिउँसो भेटिएको शवको पहिचान बेलुका मात्र भयो। मृत फेला परेका पुरूष वीरेन्द्रनगर नगरपालिका–१० दीपनगर टोलका ४१ वर्षीय ध्रुव शाही रहेछन्।

शाहीको शव घाँटीको अघिल्लो भागमा धारिलो हतियारले काटिएको थियो। शव नजिनै चक्कु पनि फेला पर्यो।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार मृत भेटिएका शाही मंगलबार बिहान १० बजेमात्र खजुरामा रहेको दिदीको घरमा जान भनेर निस्किएका थिए।

‘बिहान १० बजेतिर आफ्नो घरबाट निस्किएर दिदीको घरमा गएका रहेछन्, दिदीको घरबाट भने साढे ११ बजे निस्किएका थिए, भन्ने कुरा हामीले परिवारसँग बुझ्यौं,’ डिएसपी  शाहीले भने, ‘शव भेटिएको वरिपरि बस्ती छ, नजिकै चक्कु पनि भेटिएकाले झट्ट हेर्दा हत्याजस्तो नदेखिए पनि थप कुरा अनुसन्धानबाटै खुल्नेछ।’

घटनापछि प्रहरीले मृतकका परिवारसँग गरेको सोधपुछमा उनमा मानसिक तनाव भइरहने र डिप्रेसनको औषधि खाने गरेको खुलेको छ। शाही र उनकी श्रीमती मंगलबार बिहान खाना खानुअघि औषधि लिन वीरेन्द्रनगर बजारमा रहेको माया नर्सिङ होममा गएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

अस्पतालबाट फर्किएपछि खाना खाएर शाही दिदीको घर जान भनेर हिँडेका थिए। दिदीको घरबाट निस्किएको समय साढे ११ बजेदेखि शव भेटिँदासम्मको समय उनले कहाँ बिताए भन्ने बारेमा भने खोजी भइरहेको डिएसपी शाहीको भनाइ छ।

मृत भेटिएका शाही सुरूमा नेपाली सेनामा कार्यरत थिए। उनले १३ वर्ष जागिर गरेर छोडेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

कतारबाट फर्किएपछि गाडी किनेर चलाएका उनले तीन महिनामै गाडी बेचेको प्रहरीले जनाएको छ। त्यसयता अहिले पुनः वैदेशिक रोजगारीका लागि जाने योजना बनाइरहेका थिए।

शाहीका एक छोरा र एक छोरी छन्। शाहीको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ