२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्टको उपाधि बैंकर्सलाई

२०७३, १८ बैशाख शनिबार १४:४१

bankersअभिमनु पटेल । बैशाख १८, रौतहट । शान्ति, सुशासन, भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित
समाज निर्माणका लागि रौतहटको सदरमुकाम गौरमा भइरहेको मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टको आज भएको
फाइनल खेलमा बैंकर्स टिम विजयी भएको छ ।

लोकतन्त्र दिवसको अवसर
पारेर बैशाख ११ गतेदेखी क्रिएटिभ ग्रुप अफ नेपाल भलोहिया रौतहटले आयोजना गरेको सुशासनको लागि
मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टमा आज भएको बैंकर्स र सरकारी कर्मचारी बिचको अन्तिम अर्थात फाइनल
खेलमा बैंकर्स टिम विजयी भएको हो । फाईनल उपाधीको लागि आज भएको खेलमा बैंकर्स टिमले सरकारी कर्मचारीको
टिमलाई १ सय ६ रनको विशाल अन्तरले हराउंदै उपाधिमाथी कब्जा जमाएको हो ।

कप्तान अभिनाश केशरीको नेतृत्वमा टस जितेर पहिलो व्याटिंग गर्ने निर्णय लिएको बंैकर्स टिमले
निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउंदै १ सय ७७ रनको विशाल स्कोर खडा गरेको थियो । बैंकर्सको टिमबाट
व्यक्तिगत राकेश साहको अर्धशतकिय पारीले बैंकर्स टिमलाई उक्त विशाल स्कोर बनाउन मदत गरेको थियो । आज
भएको फाइनल खेलमा बंैकर्स टिमबाट राकेश साह म्यान अफ दि म्याच घोषित भएका छन् ।

१ सय ७८ रनको लक्ष्य पछयाउंदै जवाफि व्याटिंगको लागि मैदानमा उत्रेका सरकारी
कर्मचारीको टिमले ७१ रनको झिनो स्कोरमा आफ्ना पुरा १० विकेट गुमाएर उप विजेतामा सिमीत हुन पुगेका थिए ।
दोश्रो पारीमा जवाफि व्याटिंगमा उत्रेका सरकारी कर्मचारीको टिमबाट कुनै खेलाडिले राम्रो प्रदर्शन गर्न
सकेका थिएनन् । सरकारी कर्मचारीको टिम उप विजेतामा सिमीत भएपनि उक्त टिमका राजकिशोर महतो सबभन्दा बढि
उपाधि पाउन खेलाडि बन्न सफल भएका छन् । महतोले बेस्ट बलर, म्यान अफ दि सिरीज र म्यान अफ दि म्याच गरी
कुल ३ वटा उपाधिमाथी कब्जा गरेका छन् ।

शान्ति, सुशासन,
भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित समाज निर्माणका लागि रौतहटको सदरमुकाम गौरको राइसमिल्समा
बैशाख ११ गतेदेखी सुरु भएको मैत्रीपुर्ण टि–२० क्रिकेट टुर्नामेन्टको अन्तिम खेलमा प्रमुख जिल्ला
अधिकारी नरहरी बराल, स्थानिय विकास अधिकारी बन्दना झा, प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, खानेपानी
कार्यालयका प्रमुख अनिल केशरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

बैशाख ११ गतेदेखी सुरु भएको शान्ति, सुशासन, भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित समाज
निर्माणका लागि रौतहटको सदरमुकाम गौरमा भइरहेको मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टको उदघाट्न
राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन