४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्टको उपाधि बैंकर्सलाई

१८ बैशाख २०७३, शनिबार १४:४१

bankersअभिमनु पटेल । बैशाख १८, रौतहट । शान्ति, सुशासन, भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित
समाज निर्माणका लागि रौतहटको सदरमुकाम गौरमा भइरहेको मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टको आज भएको
फाइनल खेलमा बैंकर्स टिम विजयी भएको छ ।

लोकतन्त्र दिवसको अवसर
पारेर बैशाख ११ गतेदेखी क्रिएटिभ ग्रुप अफ नेपाल भलोहिया रौतहटले आयोजना गरेको सुशासनको लागि
मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टमा आज भएको बैंकर्स र सरकारी कर्मचारी बिचको अन्तिम अर्थात फाइनल
खेलमा बैंकर्स टिम विजयी भएको हो । फाईनल उपाधीको लागि आज भएको खेलमा बैंकर्स टिमले सरकारी कर्मचारीको
टिमलाई १ सय ६ रनको विशाल अन्तरले हराउंदै उपाधिमाथी कब्जा जमाएको हो ।

कप्तान अभिनाश केशरीको नेतृत्वमा टस जितेर पहिलो व्याटिंग गर्ने निर्णय लिएको बंैकर्स टिमले
निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउंदै १ सय ७७ रनको विशाल स्कोर खडा गरेको थियो । बैंकर्सको टिमबाट
व्यक्तिगत राकेश साहको अर्धशतकिय पारीले बैंकर्स टिमलाई उक्त विशाल स्कोर बनाउन मदत गरेको थियो । आज
भएको फाइनल खेलमा बंैकर्स टिमबाट राकेश साह म्यान अफ दि म्याच घोषित भएका छन् ।

१ सय ७८ रनको लक्ष्य पछयाउंदै जवाफि व्याटिंगको लागि मैदानमा उत्रेका सरकारी
कर्मचारीको टिमले ७१ रनको झिनो स्कोरमा आफ्ना पुरा १० विकेट गुमाएर उप विजेतामा सिमीत हुन पुगेका थिए ।
दोश्रो पारीमा जवाफि व्याटिंगमा उत्रेका सरकारी कर्मचारीको टिमबाट कुनै खेलाडिले राम्रो प्रदर्शन गर्न
सकेका थिएनन् । सरकारी कर्मचारीको टिम उप विजेतामा सिमीत भएपनि उक्त टिमका राजकिशोर महतो सबभन्दा बढि
उपाधि पाउन खेलाडि बन्न सफल भएका छन् । महतोले बेस्ट बलर, म्यान अफ दि सिरीज र म्यान अफ दि म्याच गरी
कुल ३ वटा उपाधिमाथी कब्जा गरेका छन् ।

शान्ति, सुशासन,
भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित समाज निर्माणका लागि रौतहटको सदरमुकाम गौरको राइसमिल्समा
बैशाख ११ गतेदेखी सुरु भएको मैत्रीपुर्ण टि–२० क्रिकेट टुर्नामेन्टको अन्तिम खेलमा प्रमुख जिल्ला
अधिकारी नरहरी बराल, स्थानिय विकास अधिकारी बन्दना झा, प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, खानेपानी
कार्यालयका प्रमुख अनिल केशरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

बैशाख ११ गतेदेखी सुरु भएको शान्ति, सुशासन, भाईचारा, मैत्रीपुर्ण, एकताबद्ध, प्रतिष्ठित समाज
निर्माणका लागि रौतहटको सदरमुकाम गौरमा भइरहेको मैत्रीपुर्ण टि२० क्रिकेट टुर्नामेन्टको उदघाट्न
राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ