७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गंगापुर डिष्टिलरी उद्योग संचालन भएपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीको आपत्ति

७ आश्विन २०७३, शुक्रबार ०२:५९

रबिन्द्र यादव/ असोज ७ नवलपरासी । इन्दिरा सुगर एण्ड ईण्डष्ट्जि प्रतापपुर( ५ गंगापुर नवलपरासीले असोज ६ गते देखि डिष्टिलरी संचालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ति निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 


जिल्ला प्रशासन कार्यालयमा भदौ ७ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रियक्षिय बैठक मार्फत डिष्टिलरी संचालन गर्न वातावरणिय प्रदुषण सर्त अनुसार १५ दिन भित्र उद्योग पक्षले वातारणीय रिपोर्ट उपलब्ध गराएपछि मात्र डिष्टिलरी संचालन गर्न पाउने सहमति भएकोमा हालसम्म वातावरण प्रदुषण रिपोर्ट उपलब्ध नगराइकन सहमति विपरीत डिष्टिलरी संचालन गरिएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवको हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै संचालनमा ल्याइएको डिष्टिलरी तत्काल बन्द गर्न माग गरिएको छ । 



नवलपरासीका किसानहरूले लगाएको हजारौं विगहा केरा खेती, धानबाली, तरकारी लगायतका खेती इन्दिरा सुगर एण्ड एग्रो मिलको प्रदुषण पानी बाट नष्ट भएका छन्न । त्यसैगरी मिलबाट निस्केको प्रदुषण पानीका कारण वातावरण प्रदुषण भई विभिन्न सरुवा रोगहरु बढने खतरा देखिएको, लामखुट्टे को बिगबिगी यसको नियन्त्रण, किसानहरु बालीको क्षतिपूर्ति माग दिनु पर्छ भन्दै विगत डेढ महिना देखि किसानहरु आन्दोलन गरिरहेका छन । 



पीडित किसानहरुले नारा जुलस सहित पटकपटक जिल्ला प्रशासनलाई घेराउ समेत गरि सकेका छन । सो मिलले नजिकको कंगली खोलामा आफ्नो प्रदुषित पानी ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको खेतीमा प्रत्यक्ष असर पार्द‌ै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी