२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गंगापुर डिष्टिलरी उद्योग संचालन भएपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीको आपत्ति

२०७३, ७ आश्विन शुक्रबार ०२:५९

रबिन्द्र यादव/ असोज ७ नवलपरासी । इन्दिरा सुगर एण्ड ईण्डष्ट्जि प्रतापपुर( ५ गंगापुर नवलपरासीले असोज ६ गते देखि डिष्टिलरी संचालन गरेपछि प्रदुषण पीडित संघर्ष समिति नवलपरासीले एक प्रेस विज्ञप्ति निकाली आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 


जिल्ला प्रशासन कार्यालयमा भदौ ७ गते प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अग्रसरतामा त्रियक्षिय बैठक मार्फत डिष्टिलरी संचालन गर्न वातावरणिय प्रदुषण सर्त अनुसार १५ दिन भित्र उद्योग पक्षले वातारणीय रिपोर्ट उपलब्ध गराएपछि मात्र डिष्टिलरी संचालन गर्न पाउने सहमति भएकोमा हालसम्म वातावरण प्रदुषण रिपोर्ट उपलब्ध नगराइकन सहमति विपरीत डिष्टिलरी संचालन गरिएकोमा समितिको गम्भीर ध्यानाकर्षण भएको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवको हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै संचालनमा ल्याइएको डिष्टिलरी तत्काल बन्द गर्न माग गरिएको छ । 



नवलपरासीका किसानहरूले लगाएको हजारौं विगहा केरा खेती, धानबाली, तरकारी लगायतका खेती इन्दिरा सुगर एण्ड एग्रो मिलको प्रदुषण पानी बाट नष्ट भएका छन्न । त्यसैगरी मिलबाट निस्केको प्रदुषण पानीका कारण वातावरण प्रदुषण भई विभिन्न सरुवा रोगहरु बढने खतरा देखिएको, लामखुट्टे को बिगबिगी यसको नियन्त्रण, किसानहरु बालीको क्षतिपूर्ति माग दिनु पर्छ भन्दै विगत डेढ महिना देखि किसानहरु आन्दोलन गरिरहेका छन । 



पीडित किसानहरुले नारा जुलस सहित पटकपटक जिल्ला प्रशासनलाई घेराउ समेत गरि सकेका छन । सो मिलले नजिकको कंगली खोलामा आफ्नो प्रदुषित पानी ढल निकास गरेपछि वरपर किसानहरुले लगाएको खेतीमा प्रत्यक्ष असर पार्द‌ै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते