असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकु"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराले अस्पतालमा छोडेर भागेपछि अलपत्र परे भक्तबहादुर

७ आश्विन २०७३, शुक्रबार ०५:२५

असोज ७, धनकुटा । आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । 

धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् । 

जिल्ला अस्पतालको आकस्मिक कक्षमा बाबुलाई पु¥याएका गोविन्दलाई औषधि ल्याउन डाक्टरले भनेपछि बेपत्ता भएका एक हप्तासम्म नफर्केपछि भक्तबहादुर अलपत्र परेका छन् । 

बाबुछोराबाहेक घरमा कोही नभएपछि बाहिरबाहिर कमाएर खाने बाबुछोरा आर्थिक समस्या परेका कारण भागेका हुनसक्ने चिकित्सकको अनुमान रहेको छ । खोकु–१ मा आठ रोपनी जग्गा भए पनि घर नभएको जग्गा बाँझो भएका कारण घर छोडेको चार वर्ष भएको भक्तबहादुरले बताए । 

चार वर्षअघि श्रीमतीको मृत्यु भएपछि हिँडेका भक्तबहादुर १० वर्षभित्र आमाबाबुसहित दाजुभाइ, छोराछोरीसहित १५ जनाको काजक्रिया गरेर सम्पत्तिको नाममा आठ रोपनी जग्गा मात्र बाँकी रहेको बताउनुहुन्छ । 

छातीमा समस्या देखिएका भक्तबहादुरको दमको बिमार भएको स्याहार र हेरचाहमा रहनुभएको स्टाफ नर्स एन्जल लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अस्पतालका तर्फबाट नै उपचार गरेका हौँ, निःशुल्क एवम् अस्पतालमा बाहेक बाहिरबाट औषधि ल्याएर बचायौँ तर डिस्चार्ज लिने मान्छे नभएर उहाँलाई अस्पतालमा राख्नुपरेको छ । 

“बिरामी बाबु छोडेर भागेका छोरालाई पटकपटक फोन गर्यौँ तर सम्पर्क नै हुँदैन, उहाँ त अलपत्र नै हो, हामीले के गर्ने निर्णय गर्न सकेका छैनौँ ।” ६७ वर्ष पुगेका भक्तबहादुर आफू दलित भएका कारण वृद्धभत्ता पाइने कुरा समेत थाहा नभएको र नागरिकतासमेत हराएको कारण राज्यले दिने सुविधासमेत नभएको बताउनुहुन्छ । 

“छोरा के गर्छ, कता जान्छ, केही थाहा छैन, बिरामी भएको खबर पाएर मलाई यहाँसम्म छोडेर कता गयो थाहा छैन, पैसा थिएन होला, लाज भयो, भाग्यो होला”, सार्कीले भन्नुभयो । 

बाँसको चोयाबाट डोको बुन्ने सीपका कारण जीविका चलाएको बताउने भक्तबहादुर उमेर ढल्कँदै गएका कारण अब कसरी छाक टार्ने समस्या भएको बताउनुहुन्छ । परिवारका नाममा एउटा छोरो त्यो पनि साथमा नहुँदा बुढेसकालमा के गर्ने ठूलो समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै दुईचार वर्ष त केही गर्न सकिएला, ओछ्यान नै परेपछि त खै के गर्ने, दिनरात निन्द्रा हराएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’