२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पर्यटकीय गन्तव्य बन्दै सुरुङ मार्ग

२०७३, ७ आश्विन शुक्रबार ०६:२२

असोज ७, बेसीसहर । भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ । उक्त सुरुङ मार्ग अधिकांश आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । 

सम्भवतः नेपालकै पहिलो सुरुङ मार्ग भनिएकाले पनि जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । जम्मा ३४० मिटर लम्बाइ रहेको उक्त सुरुङभित्र यात्रा गर्दा छुट्टै मज्जा आएको पर्यटक बताउँछन् । “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै आनन्द लाग्दोरहेछ”, तनहुँबाट सुरुङमार्ग हेर्न आउनुभएका चन्द्र तिमल्सेनाले भन्नुभयो । 

सुरुङ मार्ग हेर्न प्रायः शनिबार र बिदाको दिन आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । बिदाको दिन विद्यार्थी, कर्मचारी र अन्य सर्वसाधारणको विशेष भीड हुने गर्दछ । भुलभुलेमा निर्माण गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले उक्त सुरुङ मार्ग बनाएको थियो । 

उत्तरी लमजुङका ग्रामीण भाग र मनाङ जाने सवारी सोही बाटो भएर आवतजावत गर्दछन् । सुरुङमार्ग नजिकै आकर्षक झरना पनि छ । उक्त झरनाले पनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँदै आएको छ । सुरुङमार्ग र जलविद्युत् आयोजनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयवासीले अपेक्षा गरेका छन् । सोही बाटो भएर सयाँै आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण पैदल यात्रामा पनि जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह