२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बेलौती बेचेर शैक्षिक सामग्री किन्छन् रोल्पाका विद्यार्थी

७ आश्विन २०७३, शुक्रबार ०६:३५

कविता उपाध्याय, असोज ७, रोल्पा । आर्थिक अभावका कारण जिल्लाका केही बालबालिकाले बिदाका दिनमा बेलौती (अम्बा) बेचेर शैक्षिक सामग्री जुटाउँदै आएका छन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै पनि शैक्षिक सामग्रीको अभावका कारण पढाइमा बाधा पुग्ने गरेको उनीहरुको भनाइ छ । 

यसरी बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने सबैजसो बालबालिकाका बुबा वैदेशिक रोजगारीमा गएको र आमा घरकै काममा व्यस्त हुने भएपछि उनीहरु बिदाका दिनमा बेलौती बेच्नका लागि सदरमुकामसम्म आउन बाध्य भएका हुन् । बिदाका दिनमा मात्र बेचेको बेलौतीबाट दैनिक रु २५० देखि ३५० सम्म आम्दानी हुने उनीहरुले बताएका छन् । 

डाक्टर बनेर रोल्पाली जनताको सेवा गर्ने लक्ष्य बोकेकी ११ वर्षीया सृजना पुन बालउदय माध्यमिक विद्यालय जंकोट–१ माडिचौर रोल्पामा कक्षा ५ मा अध्ययनरत छिन् । उनलाई मनैदेखि पढ्ने रहर छ । भविष्यमा जिल्लाकै अस्पतालमा डाक्टर बनेर जनताको सेवा गर्ने रुचि बोकेकी पुनले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन गाह्रो भएको बताइन् । बुबाको कमाई घरखर्चमै सकिने भएपछि उनले बिदाका दिनमा गाउँमै बेलौती खरिद गरेर सदरमुकाम पुगी बेलौती बेच्न थालेकी हुन् । 

यस्तै, १० वर्षीया प्रतिमा पुन माडिखोला अङ्ग्रेजी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्दैछिन् । सृजना जस्तै प्रतिमाको पनि पढेर गाउँकै विद्यालयमा शिक्षक बन्ने रहर छ । तर आर्थिक अभावका कारण डोकोमा बेलौती बोकेर बेच्नका लागि उनी पनि साथीहरुसँग बिदाका दिनमा सदरमुकाम आउने गर्छिन् । करिब साढे २ घन्टाको लामो बाटो पैदल यात्रा गरेर उनीहरु सदरमुकामसम्म आइपुग्छन् । अरू बेला स्कुल हुन्छ, बिदाका दिनमा पनि आमालाई सघाउन बेलौती बेच्न आउँछौँ, सृजनाले भनिन् । 

यस्तै, जंकोट–१ माडिचौर रोल्पाका १२ वर्षीय दीपेश बुढामगर बालउदय माविमा कक्षा ७ मा अध्ययन गर्दैछन् । भविष्यमा के भन्ने भन्ने बारेमा उनलाई थाहा छैन, तर पनि पढेर ठूलो मान्छे बन्नका लागि उनी पनि सदरमुकामसम्म बेलौती बेच्न आउने गरेका हुन् । 

भाइबहिनी साना छन् घरमा गाईवस्तु पनि छन् घरको काम झन्झटिलो हुन्छ, त्यसैले आमालाई सघाउन बिदाका दिनमा बेलौती बेच्न आएको हुँ बुढामगरले भने । 

यसरी बेलौती बेच्नेमध्ये कसैको घरबाट ल्याए पनि अन्य सबैले गाउँबाट खरिद गरेर ल्याउने गरेका छन् । यी बालबालिकाले मौसमअनुसारका फलफूल जस्तै आँप, सुन्तला, काफल लगायतका फलफूल बेचेर शैक्षिक सामग्रीहरु जुटाउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…