६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाबुको हत्या गरेकालार्इ माफी दिएपछि परिवारमा त्रास

७ आश्विन २०७३, शुक्रबार ०७:०१

असोज ७, पर्वत । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ । 

सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित परिवार र गाउँले नै त्रस्त भएका हुन् । 

मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । 

पर्वत जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलापछि पर्वत जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका पौडेलले कारागारभित्रै पटक–पटक उद्दण्ड मच्चाएपछि कास्की कारागारमा सरुवा गरिएकोे थियो । 

त्यसपछि पाल्पा कारागार पुगेका पौडेललाई कारागार पाल्पाको सिफारिसमा गृहमन्त्रालयले आचरण सुध्रिएको भन्दै असोज २ गतेको निर्णयले बाँकी कैद सजाय मिनाहा गर्ने निर्णय गरेको हो । कैद मिनाहाका लागि पटक पटक माग गरेपछि आफूहरुले सम्पूर्ण विवरणसहित लेखेर कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको कारागारकी प्रमुख सुजता खत्रीले जानकारी दिनुभयो । 

कैद मिनाहा भए पनि आफन्तको जिम्मा नलगाई छोड्न नमिल्ने भएकाले पटक–पटक परिवारलाई बोलाउँदा पनि जिम्मा लिन नआएकाले हिजो कारागारका कर्मचारीले पौडेललाई परिवारसमक्ष बुझाउन पर्वत ल्याएका थिए । 

पर्वतमा आफन्तलाई सोधखोज गरेर सम्पर्क गर्दा जिम्मा लिन कसैले नमानेपछि पौडेललाई पुनः फर्काएर पाल्पा कारागारमा नै पु¥याइएको थियो कारागार प्रमुख खत्रीका अनुसार पौडेललाई पुनः कारागारमा राख्न नमिल्ने भन्दै पाल्पामा क्रियाशील स्थानीय मानवअधिकारवादी सङ्घसंस्थाको रोहवरमा मुचुल्का गराएर छोड्ने तयारी गरिएको बताउनुभयो । 

परिवारको माइला छोरा निर्मलले बुबाको हत्या गरेपछि आमा धनकुमारी पौडेल र अन्य दुई दाजुभाइ कुश्मा, बागलुङलगायतका सहरमा बस्दै आएका छन् । उसले फेरि अर्को घटना निम्त्याउँछ कि भनेर परिवार घर छाडेर बाहिर बस्दै आएको छिमेकी शेषराज रेग्मीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने