प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको न"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटनामा प्राध्यपक भण्डारी र व्यवसायी पन्थको निधन

८ आश्विन २०७३, शनिबार ०३:३४

प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ ।

तम्घासबाट वुटवल जाँदै गरेको ब १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा  दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको र चालक देविराम पन्थी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त गाडी सडकबाट करिव २ सय मिटर तल खसेको जनाईएको छ ।

४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गराउँथे । अत्यन्तै मिलनसार भण्डारी र  पन्थको  निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।

पन्थ निर्माण सेवा प्रा.लि.बाट जिल्लाको विककास निर्माणमा हात हालेका पन्थका श्रीमति , एक छोरा र एक छोरी रहेका छन् । उनको पुर्खेयौली घर हर्दिनेटा–६ मा हो भने हाल रेसुङ्गा नगरपालिका ९ खानीगाउँमा रहेको छ ।

त्यस्तै सह प्राध्यपक भण्डारीको पुर्खेयौली घर हुँगा २ मा पर्दछ । हाल उनको परिवार पनि खानीगाउँमै बसोवास गर्दै आएका छन् । भण्डारीका दुई छोराहरु रहेका छन् ।  भण्डारी सांसद चन्द्र भण्डारीका दाजुभाई हुन् ।  गम्भीर घाईते चालक देविराम पन्थी  यस अघि लामो समय सम्म जिल्ला विकास समितिका अनुभवी चालक थिए ।

उनको छातीमा गम्भीर चोट लागेर पाल्पा रिफर गरिएको बताईएको छ । पाल्पा जिल्ला अस्पतालबाट मृतक दुवैको शव रिडी ल्याउँदै गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।  

माथिको तस्वीरमा:  बायाँ पन्थ , दायाँ भण्डारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव