प्रकाश धौलाकोटी | असोज ८, तेह्रथुम | तेह्रथुमको फाक्चामारा–४ बस्ने खिनमाया कुरुम्फङ लिम्बूको दुवै मृगौला फेल भएपछि यहाँका युवाहरुले ‘खिनमाया बचाऊ अभियान’ थालेका छन् । ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | असोज ८, तेह्रथुम | तेह्रथुमको फाक्चामारा–४ बस्ने खिनमाया कुरुम्फङ लिम्बूको दुवै मृगौला फेल भएपछि यहाँका युवाहरुले ‘खिनमाया बचाऊ अभियान’ थालेका छन् । ख"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेर्हथुमकि ‘खिनमाया बचाऊ अभियान’ उपचारका लागि सहयोगको याचना

८ आश्विन २०७३, शनिबार ०४:४१

प्रकाश धौलाकोटी | असोज ८, तेह्रथुम | तेह्रथुमको फाक्चामारा–४ बस्ने खिनमाया कुरुम्फङ लिम्बूको दुवै मृगौला फेल भएपछि यहाँका युवाहरुले ‘खिनमाया बचाऊ अभियान’ थालेका छन् । खिनमायाको दुवै मृगौलामा समस्या भएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनको उपचारकालागि स्वदेश तथा विदेशबाट सहयोग संकलन हुन थालेको हो ।

उनको उपचारकालागि छथरका विभिन्न गाविसमा सहयोग संकलन समितिहरु बनेका छन् । ‘खिनमाया बचाऊ अभियान’ स्वदेशसहित विदेशमा समेत सञ्चालन भइरहेको छ । छथरे युवाहरुले उनको उपचारमा सहयोग गर्न आग्रह गरेपछि रोजगारीका लागि प्रवासमा पुगेकाहरुले समेत सहयोग रकम संकलन अभियान चलाउन थालेका छन् ।

 खिनमायाको उपचारकालागि अहिलेसम्म ४ लाख रुपैयाँ बढी रकम संकलन गरिएको मुख्य अभियन्ता पत्रकार प्रकाश पाक्सावाले जानकारी दिनुभयो । खिनमायाकालागि तेह्रथुम मलेशिया मन्चले शुक्रबार मात्रै १ लाख ६ हजार ५२ रुपैयाँ नगद प्रदान गरेको छ । 

सो रकम म्याङलुङ्गमा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले मृगौला पीडित खिनमायाका पति तिलप्रसाद लिम्बूलाई हस्तान्तरण गर्नूभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, संघसंस्था र सन्चारकर्मीहरु सहभागी थिए । यस्तै सोही कार्यक्रममा अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले पनि नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसअघि विहीबार मात्रै मलेशियामा कार्यरत नेपालीहरुले संकलन गरेको ८१ हजार रुपैयाँ नगद पीडितका परिवारलाई हस्तान्तरण गरिएको थियो । यो वाहेक इजरायलमा कार्यरत देव बाँस्कोटाको नेतृत्वमा संकलित २७ हजार रुपैयाँ, हङकङमा कार्यरत कुरुम्भङ लिम्बू युवाहरुद्धारा संकलित ६९ हजार रुपैयाँ र सम्दु घर भई हाल भारतमा कार्यरत सुमिना चोङवाङद्धारा ९ हजार रुपैयाँ सहयोग उपलब्ध भइसकेको छ । 

खिनमायालाई भारतमै कार्यरत डम्बर प्रधानले ९ हजार, पञ्चकन्या घर भई प्रवासमा कार्यरत भक्त पारघरीले १० हजार, साउदीमा कार्यरत विष्णु मगरबाट १४ हजार र दिलकुमार पाक्सावाको सक्रियतामा साउदीमा संकलित १८ हजार रुपैयाँ सहयोग संकलन भएको छ । यस्तै पीडितका श्रीमान् लिम्बूको नाममा धरानस्थित राष्ट्रिय वाणिज्य संघमा रहेको चल्ती खातामा समेत रकम जम्मा गरिदिईरहेका छन् । 

आठ महिना अघिमात्रै विवाह गरेर श्रीमान्को घर गएकी २२ वर्षीय खिनमायालाई गर्भवती भएपछि परीक्षण गराउन अस्पताल लगिएको थियो । तर परीक्षणका क्रममा दुवै मृगौलामा समस्या भएको र तत्काल उपचार गराउनुपर्ने रिपोर्ट आएपछि आफु आश्चर्यमा परेको श्रीमान् तिलप्रसादले बताउनुभयो । ‘यस्तो होला भनेर दश मनमा एक मनपनि थिएनँ, लिम्बुले भन्नुभयो, ‘परीक्षणपछि मृगौला फेल भएको र उपचारकालागि १० लाख बढी रुपैयाँ लाग्ने चिकित्सकले बताए ।’ 

तिलप्रसाद अहिले श्रीमतीको उपचारमा सहयोग गरिदिन आग्रह गर्दै भौतरिइरहनु भएको छ । कमाउने र भविष्य बनाउनुपर्ने उमेरका तिलप्रसाद भन्नुहुन्छ, ‘बिहे गरेर घर बसाउने सोचमा थिएँ, बिहे भएको वर्षदिन नबित्दै दैवले जीन्दगी नै भत्काउन आँधी ल्याइदियो ।’

 गाउँमा सामान्य आर्थिक अवस्था भएका लिम्बुले आफ्नो जायजेथाको रकम खर्च भइसकेको बताउनुभयो । अहिलेसम्म खिनमायाकालागि करिब साढे तीन लाख रुपैयाँ खर्च भइसकेको छ । उनलाई अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साप्ताहिक रुपमा डाइलोसिस गरेर राखिएको छ ।

 बाँकी उपचारकालागि चिकित्सकले काठमाडौँ लैजानुपर्ने सल्लाह दिएका छन् । खिनमायालाई मिर्गौला दान गर्नकालागि उनकी आमाले स्वीकृति समेत दिइसक्नुभएको छ । तर रकम अभावले तत्कालै शल्यक्रिया गर्न नसकिरहेको लिम्बूले बताउनुभयो । १९ वर्षीय तिलप्रसादले सबैले सहयोगले गरे आफ्नी श्रीमती बाँच्ने आशा रहेको बताउनुभयो ।

 खिनमायाका बारेमा समाचार पढेपछि आफुहरुले पनि सहयोग नगरी बस्न नसकेको मलेशिया–तेह्रथुम मञ्चका अध्यक्ष हजेन्द्र संग्रौलाले बताउनुभयो । ‘समाज सेवाकैलागि संस्था क्रियाशील छ, उहाँले भन्नुभयो, ‘खिनमाया बहिनीकै बारेमा सुनेपछि साथीहरुको सद्भावमा १ लाख बढी रकम पीडितलाई दिएको हौँ ।’ 

खिनमायाको उपचारकालागि पुनःपनि रकम संकलन अभियान जारी राखेको अध्यक्ष संग्रौलाले बताउनुभयो । मञ्चले गरेको सहयोगकालागि संरक्षक डेबिट श्रेष्ठको बिशेष सयहोग तथा मञ्चका अध्यक्ष हजेन्द्र संग्रौला, उपाध्यक्ष सन्तोष न्यौपाने, सचिव सन्दिप संग्रौला, सह–सचिव गोपाल बिस्ट, कोषाध्यक्ष रमेश थापा लगायत सदस्यहरुले रकम संकलन गरेको मञ्चले जनाएको छ । 

खिनमायाको उपचारकालागि अहिले नेपालसहित भारत, मलेशिया, साउदी, दुवई, कतार, हङकङ, सिंगापुर, बेलायत, अमेरिका, इजरायल, डेनमार्क, कुवेत र बहराइन लगायत मुलुकहरुमा कार्यरत नेपालीहरुबाट सहयोग रकम संकलन अभियान चलिरहेको छ ।

 खिनमायाको उपचारमा सहयोग गर्न चाहनेले पति तिलप्रसादको मोवाइल नं. ९८१९३१३९४२, पत्रकार प्रकाश पाक्सावाको मोवाइल नं. ९८४२३०५९८५ तथा तीनजुरे टाइम्स दैनिकको कार्यालय सम्पर्क नं. ०२६–४६०१५० मा सम्पर्क गर्न सकिने छ । यस्तै खिनमाया श्रीमान् तिलप्रसाद लिम्बूको नाममा रहेको खाता नं. २१६००३३९१७१० मा रकम जम्मा गरिदिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य