असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचा"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नियमित औषधोपचारले पूर्णतया निको हुन्छ कुष्ठरोग

२०७३, ८ आश्विन शनिबार १५:०१


असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचार गरेमा कुष्ठरोगी पूर्ण रुपमा निको हुने उनीहरुको सुझाव छ ।

जिल्लाको शिवपुर स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा आयोजित कुष्ठरोग सम्बन्धी अभिमुखीकरणका सहभागीले यस्तो सुझाएका हुन् । कुष्ठरोग सूक्ष्म कीटाणुबाट लाग्ने अन्य रोग जस्तै हो ।

शुरुकै अवस्थामा नियमित रुपमा औषधी उपचार गरेमा कुष्ठरोग अरुलाई सर्दैन र पूर्णतया निको हुने सहजीकरण गर्दै गजेहडा स्वास्थ्य चौकी इन्चार्ज कमल ज्ञवालीले बताउनुभयो ।

कुष्ठरोग प्रायः छाला र स्नायूमा असर पार्ने हुँदा छाला नचिलाउने, लाटो, फुस्रो दाग देखापर्ने, छाला बाक्लो हुने, शरीरमा गिर्खाहरु देखापर्ने, कानको लोती बाक्लो हुने लक्षण देखिन्छ । यस्तै स्नायूमा असर गर्दा हात, खुट्टा झम्झमाउने, स्नायू नसा दुख्ने, हात खुट्टा लाटो हुने र पछि गएर हात खुट्टाका मांसपेशी कमजोर बनाइदिने ज्ञवालीले भन्नुभयो ।

अभिमुखीकरणमा नयाँ जीवनका लागि हातेमालो कार्यक्रमकी संगिता श्रेष्ठका अनुसार कुष्ठरोग धेरै कम मात्रामा सर्ने रोग हो, सबै कुष्ठरोग सर्ने खालको हुँदैन ।

उपचार नगरेका कुष्ठरोगीसँग लामो समय सम्पर्कमा रहे मात्र श्वासप्रश्वास वा घाउ भएको छालामा प्रत्यक्ष सम्पर्कमा भए मात्र सर्छ ।

तर नियमित उपचार गरिरहेका वा उपचार पूरा गरेका व्यक्तिबाट कुष्ठरोग नसर्ने संगिताले बताउनुभयो ।

रोगीलाई हेला, तिरस्कार, सामाजिक बहिस्कारभन्दा पनि दया, माया, सामाजिक सद्भाव र नियमित उपचारको व्यवस्था भएमा कुष्ठरोग निको हुने उहाँले बताउनुभयो ।

कुष्ठरोग निवारणका लागि विश्व स्वास्थ्य संगठनले बहुऔषधी उपचार (एम.डी.टी.) विधि लागू गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो –औषधीले रोगका कीटाणु मार्ने काम गर्छ । जसले गर्दा शरीरमा अरुभन्दा बढी हानी नोक्सानी हुन दिंदैन र अरुलाई सर्दैन ।

कार्यक्रममा  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले अहिले कुष्ठरोगको औषधी हरेक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क हुँदा रोगीलाई औषधी बिना ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

औषधी सेवनले रोग निको भएपनि शरीरका अंगहरुमा पारेको असर भने रहिरहने उहाँले बताउनुभयो ।

कुष्ठरोगलाई निर्मूल पार्न सबैले गाउँका कुनाकाप्चासम्म जनचेतना जगाउनुपर्ने उहाँले सबैमा आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख भगतले कुष्ठरोग निवारणका लागि एक हजार बासिन्दामा रोगीको संख्या एकभन्दा कम ल्याउन अभियान संचालन गरेको जनाउनुभयो ।

क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले जिल्लामा यसवर्ष कूल ६७ जना कुष्ठरोगी रहेको बताउनुभयो ।

उहाँले जिल्लाभरिका कुष्ठरोगी संख्यामध्ये सबैभन्दा बढी शिवगढी गाविसमा रहेको खुलासा गर्नुभयो ।

गाविसको कूल जनंख्या १० हजारमा २४ जना कुष्ठरोगीले नियमित औषधी सेवन गरेको उहाँले जानकारी दिनुभयो । खासगरी १५ देखि ४९ बर्ष उमेर समूहमा बढी कुष्ठरोगी फेला परेको उहाँले जनाउनुभयो ।

यता शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले कुष्ठरोगीको संख्याका हिसाबले शिवपुर दोस्रो नम्बरमा परेको जानकारी दिनुभयो ।

साविक शिवपुर गाविसको कूल जनसंख्या १७ हजारमध्ये यसवर्ष ६ जना नयाँ कुष्ठरोगी फेला परेको उहाँले बताउनुभयो ।

इन्चार्ज पौडेलले गतवर्ष २०७२।०७३ मा उपचार पूरा गरेका २४ जना कुष्ठरोगी रहेको तथ्यांक सार्वजनिक गर्नुभयो ।

यस्तै शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य एवं स्वास्थ्य चौकी अन्तर्गत संचालित २४घण्टे प्रसुति सेवाका संयोजक छन्दबहादुर सिंह जिसीले स्वास्थ्य संस्थाबाट आफूहरुले प्रभावकारी सेवा प्रदान गर्दै आएको औल्याउँदै कुष्ठरोगलाई निवारण गर्न आफूहरुले गाउँगाउँमा जनचेतना मूलक कार्यक्रम गर्दै आएको बताउनु भयो 

 अभिमुखीकरणमा स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वयंसेविका, बुद्धिजिवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास प्रवर्धन गर्न सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले संस्थाको विधानमा टेकेर काम गर्ने र पारदर्शितामा जिम्मेवारीपूर्वक लाग्ने बताउनुभयो । कार्यक्रममा पूर्वअध्यक्ष केशब पाण्डे, समाजसेवी, बुद्धिजिवीहरुले नयाँ समितिको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने