असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नियमित औषधोपचारले पूर्णतया निको हुन्छ कुष्ठरोग

८ आश्विन २०७३, शनिबार १५:०१


असोज  ८, चन्द्रौटा(कपिलवस्तु) । कुष्ठरोग पुनर्जन्मको पाप र दैवी श्राप नभएकाले यसलाई भयावह नबनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नियमित रुपमा औषधि उपचार गरेमा कुष्ठरोगी पूर्ण रुपमा निको हुने उनीहरुको सुझाव छ ।

जिल्लाको शिवपुर स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा आयोजित कुष्ठरोग सम्बन्धी अभिमुखीकरणका सहभागीले यस्तो सुझाएका हुन् । कुष्ठरोग सूक्ष्म कीटाणुबाट लाग्ने अन्य रोग जस्तै हो ।

शुरुकै अवस्थामा नियमित रुपमा औषधी उपचार गरेमा कुष्ठरोग अरुलाई सर्दैन र पूर्णतया निको हुने सहजीकरण गर्दै गजेहडा स्वास्थ्य चौकी इन्चार्ज कमल ज्ञवालीले बताउनुभयो ।

कुष्ठरोग प्रायः छाला र स्नायूमा असर पार्ने हुँदा छाला नचिलाउने, लाटो, फुस्रो दाग देखापर्ने, छाला बाक्लो हुने, शरीरमा गिर्खाहरु देखापर्ने, कानको लोती बाक्लो हुने लक्षण देखिन्छ । यस्तै स्नायूमा असर गर्दा हात, खुट्टा झम्झमाउने, स्नायू नसा दुख्ने, हात खुट्टा लाटो हुने र पछि गएर हात खुट्टाका मांसपेशी कमजोर बनाइदिने ज्ञवालीले भन्नुभयो ।

अभिमुखीकरणमा नयाँ जीवनका लागि हातेमालो कार्यक्रमकी संगिता श्रेष्ठका अनुसार कुष्ठरोग धेरै कम मात्रामा सर्ने रोग हो, सबै कुष्ठरोग सर्ने खालको हुँदैन ।

उपचार नगरेका कुष्ठरोगीसँग लामो समय सम्पर्कमा रहे मात्र श्वासप्रश्वास वा घाउ भएको छालामा प्रत्यक्ष सम्पर्कमा भए मात्र सर्छ ।

तर नियमित उपचार गरिरहेका वा उपचार पूरा गरेका व्यक्तिबाट कुष्ठरोग नसर्ने संगिताले बताउनुभयो ।

रोगीलाई हेला, तिरस्कार, सामाजिक बहिस्कारभन्दा पनि दया, माया, सामाजिक सद्भाव र नियमित उपचारको व्यवस्था भएमा कुष्ठरोग निको हुने उहाँले बताउनुभयो ।

कुष्ठरोग निवारणका लागि विश्व स्वास्थ्य संगठनले बहुऔषधी उपचार (एम.डी.टी.) विधि लागू गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो –औषधीले रोगका कीटाणु मार्ने काम गर्छ । जसले गर्दा शरीरमा अरुभन्दा बढी हानी नोक्सानी हुन दिंदैन र अरुलाई सर्दैन ।

कार्यक्रममा  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले अहिले कुष्ठरोगको औषधी हरेक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क हुँदा रोगीलाई औषधी बिना ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

औषधी सेवनले रोग निको भएपनि शरीरका अंगहरुमा पारेको असर भने रहिरहने उहाँले बताउनुभयो ।

कुष्ठरोगलाई निर्मूल पार्न सबैले गाउँका कुनाकाप्चासम्म जनचेतना जगाउनुपर्ने उहाँले सबैमा आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख भगतले कुष्ठरोग निवारणका लागि एक हजार बासिन्दामा रोगीको संख्या एकभन्दा कम ल्याउन अभियान संचालन गरेको जनाउनुभयो ।

क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले जिल्लामा यसवर्ष कूल ६७ जना कुष्ठरोगी रहेको बताउनुभयो ।

उहाँले जिल्लाभरिका कुष्ठरोगी संख्यामध्ये सबैभन्दा बढी शिवगढी गाविसमा रहेको खुलासा गर्नुभयो ।

गाविसको कूल जनंख्या १० हजारमा २४ जना कुष्ठरोगीले नियमित औषधी सेवन गरेको उहाँले जानकारी दिनुभयो । खासगरी १५ देखि ४९ बर्ष उमेर समूहमा बढी कुष्ठरोगी फेला परेको उहाँले जनाउनुभयो ।

यता शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले कुष्ठरोगीको संख्याका हिसाबले शिवपुर दोस्रो नम्बरमा परेको जानकारी दिनुभयो ।

साविक शिवपुर गाविसको कूल जनसंख्या १७ हजारमध्ये यसवर्ष ६ जना नयाँ कुष्ठरोगी फेला परेको उहाँले बताउनुभयो ।

इन्चार्ज पौडेलले गतवर्ष २०७२।०७३ मा उपचार पूरा गरेका २४ जना कुष्ठरोगी रहेको तथ्यांक सार्वजनिक गर्नुभयो ।

यस्तै शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य एवं स्वास्थ्य चौकी अन्तर्गत संचालित २४घण्टे प्रसुति सेवाका संयोजक छन्दबहादुर सिंह जिसीले स्वास्थ्य संस्थाबाट आफूहरुले प्रभावकारी सेवा प्रदान गर्दै आएको औल्याउँदै कुष्ठरोगलाई निवारण गर्न आफूहरुले गाउँगाउँमा जनचेतना मूलक कार्यक्रम गर्दै आएको बताउनु भयो 

 अभिमुखीकरणमा स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वयंसेविका, बुद्धिजिवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास प्रवर्धन गर्न सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले संस्थाको विधानमा टेकेर काम गर्ने र पारदर्शितामा जिम्मेवारीपूर्वक लाग्ने बताउनुभयो । कार्यक्रममा पूर्वअध्यक्ष केशब पाण्डे, समाजसेवी, बुद्धिजिवीहरुले नयाँ समितिको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा