२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दशैं नजिकिँदै गर्दा डोल्पामा खाद्यान्नको अभाव

९ आश्विन २०७३, आईतवार ०८:२१

असोज ९, डोल्पा । नेपालीको महान् चाड दशैं नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसँैका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउनुहुन्छ । 

संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । जिल्ला खाद्य व्यवस्था समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि तदारुकता नदेखाउँदा खाद्यान्न ढुवानीमा ढिलाइ भएको हो । 

चामल नेपालगन्ज, दाङ, सुर्खेत लगायतका जिल्लाबाट ठेकेदारले उठाइसकेको र दसँैअघि नै दुनै र जुफाल डिपोबाट चार गाविसका सर्वसाधारणलाई एक महिना बराबरको खाद्यान्न उपलब्ध गराउने समितिका अध्यक्ष्यसमेत रहनुभएका प्रजिअ चेतबहादुर बरालले जानकारी दिनुहुन्छ । तल्लो डोल्पाका सर्मी, कालिका, काइगउँ, लिकु लगायतका डिपोमा खाद्यान्न मौज्दात शून्य हुनुका साथै ढुवानीको व्यवस्थासमेत नभएकाले यसपालि दशैंमा खाद्यान्न नपाइने पक्का भएपछि सर्वसाधारणमा निराशा छाएको स्थानीयवासी भक्तबहादुर बुढाको गुनासो छ । 

सहुलियतको चामल नपाइने भएपछि स्थानीय बजारमा सर्वसाधारण महँगो मूल्य तिरेर चामल, नुन लगायतका खाद्यवस्तु किन्न बाध्य भएको उहाँले बताउनुहुन्छ । उपल्लो डोल्पामा भने चीनको क्याटु लगायतका नाकाबाट चार हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गरेर भदौ अन्तिम साता नै वितरण गरी सकिएको खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ । 

गत शुक्रबार बसेको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका छवटा डिपोका लागि ३९ हजार पाँच सय क्विन्टल चामल माग गरिएको जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीको भनाइ छ । 

जिल्लामा भएको उत्पादनले तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले बाँकी नौ महिना संस्थानको चामलको मुख ताक्नुपर्ने डोल्पालीको बाध्यता रहेको स्थानीयवासी चन्द्रबहादुर केसी उल्लेख गर्नुहुन्छ । खाद्य डिपो दुनैमा एक हजार चार सय क्विन्टल र जुफाल डिपोमा दुई सय क्विन्टल खाद्यान्न मौज्दात भएको संस्थानले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव