२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चाडबाडमा हुने सम्भावित घटना कम गर्न प्रहरीको विशेष अभियान

२०७३, ९ आश्विन आईतवार ११:५०

पंकज धामी, असोज ९, दार्चुला ।विजया दशमी तथा शुभ दिपावलीको वेला घट्न सक्ने विभिन्न आपराधिक घटनाहरुलाई मध्यनजर गर्दै प्रहरीले विशेष अभियान थालेको छ । चाडबाडको बेला हुन सक्ने सम्भावित घटनाहरु चोरी डकैति, कालो बजारी, हत्य, हिंसा जुवातास, अबैध मालसमान ओसार पोसार, चन्दा असुली मानव बेचविखन, तथा ओसारपोसार, घरेलु तथा महिला हिंसा जस्ता घटनाहरु घट्न नदिन अभियान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले जानकारी दिनुभयो ।

शुरक्षाको दृष्टीकोणले संबेदनसिल क्षेत्रहरु (दशै तिहारमा भिडभाड हुने स्थानहरु, व्यवापारीक केन्द्रहरु, पुजापाठ हुने धार्मीक स्थान, बसपार्क तथा टिकट काउन्टहरु, सिमा नाका आर्थिक कारोबारहुने क्षेत्रहरु, सरकारी कार्यालय तथा अन्य सार्वजनिक कार्यालयहरु तथा सवारी साधनहरुमा विशेष निगरानी राखी जिल्लाको शुरक्षा अवस्था चुस्त दुरुस्त राख्ने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

दशै तिहारको समयमा जनमानसमा शान्ति शुरक्षा कायम भएको महशुस गराउन तथा जिल्लाको शान्ति सुरक्षाको स्थितिमा सकारात्मक प्रभाव र्पाका लागी अभियान सञ्चालन गरिएको हो प्रहरी प्रमुख खनालले भन्नुभयो यसका लागी प्रहरीको विषेश गस्ती पैदल सादा पोसाक र मोटरसाईकल गस्तीमा खटाईएको छ । प्रहरीका अनुसार मदिरा नियन्त्रणका लागी महिला समुहहरुसँग समुन्वय तथा होटल जलहरुमा नियमित चेकजाँच व्यवस्था गरिएको छ । अभियानमा प्रहरीले २ वटा जिप तथा २ वटा मोटरसाईकलमा गस्ती सुरु गरको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै