२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रिय अस्पतालमा भएको अनियमितता अनुसन्धान अख्तियारको टोली डडेल्धुरा

२०७३, ९ आश्विन आईतवार १४:०५

ललित बोहरा | असोज ९, डडेल्धुरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार देखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भएको अनियमितताको प्रारम्भिक छानविन सुरु गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट आएको टोलीले प्रारम्भिक अनुसन्धान थालेको हो । अख्तियारका प्रहरी निरिक्षक अनिल उप्रेतीको नेतृत्वमा आईतबार डडेल्धुरा पुगेको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कर्मचारीहरुसंग अनियमितताको बारेमा जानकारी लिएको छ । विभिन्न संचार माध्यमहरुमा अस्पतालमा भईरहेको अनियमितताका बारेमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारको टोली डडेल्धुरा पुगेको हो । 

मिडिया मार्फत उठान भएका सम्पूर्ण बिषयमा छानविन गरि आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका कार्यालय प्रमुख विष्णु सिंह बिष्टले जानकारी दिनु भएको छ । सुदुरपश्चिमको एकमात्र उपक्षेत्रिय अस्पताल डडेल्धुरामा विगत एकवर्ष यता सवारी साधन, सामग्री खरिद, कर्मचारी भर्ना, भौतिक निर्माण लगायतका शिर्षकमा लाखौँैको अनियमितता भएको सञ्चार माध्यमले खबर सम्प्रेषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर