ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सप्ताहव्यापी रुपमा रेबिज दिवस मनाईदै

९ आश्विन २०७३, आईतवार १४:०८

ललित बोहरा | असोज ९, डडेल्धुरा | घर पालुवा जनावरलाई निशुल्क रेबिज विरुद्धको भ्याक्सिन लगायतका विभिन्न क्रियाकलाप गरि डडेल्धुरामा सप्ताहव्यापी रुपमा १० औँ रेबिज दिवस मनाईदै छ । 

असोज ६ गते देखि १२ गते सम्म मनाईने रेबिज दिवसका अवसरमा रेबिज बारे आम सञ्चारका माध्यम तथा पर्चा पम्पलेटद्धारा सचेतना मुलक सन्देश प्रवाह संगै जिल्ला पशु सेवा कार्यालय एवं पशु सेवा केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन निशुल्क रुपमा घरपालुवा जनावरलाई लगाई रहेको पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । रेबिज रोगले जन स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभाव, पशुपंक्षिमा फलिने प्रभावलाई न्युनिकरण गर्न जनचेतना फैलाउने, रेबिजबाट बच्ने उपायबारे बढी भन्दा बढी सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले दिवस सप्ताहव्यापी रुपमा मनाई रहेको वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले बताएका छन ।

जंगली तथा घरपालुवा जनावर एवं मानव जातीलाई रेबिज रोग प्राणघातक भएकाले अथवा रेबिज लागे पछि निको नहुने भएकाले सप्ताहव्यापी रुपमा मनाई यसको न्युनिकरणका लागी प्रयास थालिएको उनले बताएका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा रेबिज रोगबाट बर्षेनी ३६ सयको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । नेपालमा पनि बर्षेनी एक सय बढीको ज्यान रेबिज रोगका कारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी