प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सिनो खाने दलितलाई माओवादी संगठनको कारवाही

९ आश्विन २०७३, आईतवार १४:३२

प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र निकट दलित संगठन नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले यस्तो निर्णय गरेको हो ।

सो संगठनका जिल्ला सदस्य तथा नेकपा माओवादी केन्द्र ह्वाङ्गदी गाउँ कमिटीका अध्यक्ष समेत रहेका तुलबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको दलितहरुको भेलाले सिनो खाएको थाह पाएको पहिलो पटक पाँच हजार रुपैयाँ जरीवाना  गर्ने दोश्रो पटक थाह पाए १० हजार  र तेश्रो पटक थाह पाए  प्रशासनमा उजुरी दिएर कार्वाही गराउने निर्णय गरिएको  बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बिश्वकर्माले दलित समुदाय एकताबद्ध नभए सम्म गलत संंस्कार र विकृति विसंगती हटाउन नकिने बताए । उनले दशै तिहार जस्ता चाड पर्वहरु भड्कीले गरी नमनाउने , जाँड रक्सी सेवनबाट झै झगडा र अन्य कुनै गलत कार्य निम्तिन सक्ने भएकोले त्यस प्रति हरेक परिवारका सदस्यहरु सचेत हुनु पर्ने सुझाव समेत दिएका थिए ।

डेढ सय घरधुरी दलित समुदाय रहेको  ह्वाङ्गदीमा कतिपय दलितले गाईको मासु समेत खाने गरेको आरोप विगतमा लाग्ने गरे पनि अहिले  त्यस्तो नरहेको र   यहाँका दलित समुदायमा शिक्षा र सभ्यताको विकास समेत भएको अध्यक्ष बिश्वकर्माले बताए ।

आर्थिक अवस्था भने अझै पनि कमजोर रहेको बताउँदै उनले सरकारी निकायले आय आर्जन मुलक कार्यक्रममा जोड दिन आग्रह समेत गरे । नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदीकी उपाध्यक्ष विना बिश्वकर्माको अध्यक्षतामा वसेको भेलामा सचिव सोनु बिकको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव