असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनास्लु पदमार्ग दसैँअघि खुलाइने, ५० लाख बजेट विनियोजन

१० आश्विन २०७३, सोमबार ०६:१३

असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । 

नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विष्णु भट्ट, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रवीन्द्र थापा, नयाँ शक्ति पार्टी नेपालका रमेश पोखरेललगायतको टोली आज पदमार्गको अवस्था अवलोकन गर्न गएको जिविसका योजना तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले जानकारी दिनुभयो । 

“तत्काल पदमार्ग खुलाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ” उहाँले भन्नुभयो, “स्थानीय कामदार प्रयोग गरी छिट्टै पदमार्ग खुलाइन्छ ।” पदमार्गमा पहिरैपहिरो झरेको छ । पदमार्ग खुलाउन परिचालन भएको टोलीले कहाँ कस्तो बाटो निर्माण गर्दा दीर्घकालीन हुन्छ, सुझाव दिने बताइएको छ । पर्यटन रोयल्टीको बजेटले पदमार्ग खुलाउन लागिएको हो । 

यस्तै पदमार्गको प्रोक–सामागाउँ खण्डको मर्मत गरिएको छ । नेपाल पर्यटन बोर्डको करिब रु दुई करोड बजेटले १० किलोमिटर पदमार्ग खुलाइएको हो । पदमार्ग निर्माणको जिम्मा पाएको काठमाडौँस्थित नागर्जुङ नाना कल्पवृक्ष जेभीका प्रमुख सन्त गुरुङले पहिरो झरेका क्षेत्रमा वैकल्पिक पदमार्ग निर्माण गरी पदमार्ग सुचारु गरेको जानकारी दिनुभयो । 

प्रोकको नाम्रुङ बजारपछिको ठूलो पहिरो र ल्हो–स्याला खोलामा पहिलेको पदमार्गको वारिपारि पर्ने गरी पदमार्ग बनाइएको छ । नयाँ ट्रयाक खोल्ने, ढुङ्गा छाप्ने, पुल बनाउने र पर्खाल लगाएर पदमार्ग व्यवस्थित बनाएपछि स्थानीयवासी तथा पर्यटकलाई सुविधा भएको छ । 

यस्तै चुमभ्याली जोड्ने चुम्चेत गाविसस्थित सर्दीखोलामा पुल नहुँदा चुम्चेत र छेकम्पारमा आवतजावत गर्न पहरापहरा डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको चुम्चेतका गाविस सहायक शेराप गुरुङले गुनासो गर्नुभयो । सर्दीखोलामा निर्माण गरिएको काठे पुल बर्खाको भेलले बगाएपछि समस्या भएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी