२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रिय एकताका लागि मेची–महाकाली साइकल यात्रा

२०७३, १० आश्विन सोमबार ०८:३१

असोज १०, भीमदत्तनगर । ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् । 

राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताउनुभयो । 

लाइन्स क्लब अफ घोराही सिटीका उपाध्यक्षसमेत रहनुभएका केसीले गत भदौ २८ गते मेचीबाट साइकल यात्रा सुरु गरेका थिए । “आज महाकाली पुगेर यात्रा समापन गरेको छु ।” उहाँले भन्नुभयो – “यात्रामा देशभरका नेपालीले सबैको शान्ति र एकताको नारा हो भन्दै खुसी व्यक्त गरे ।” 

उहाँले मेची र महाकाली नदीको पानी मिसाएर एकताको सन्देशस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्ने जानकारीसमेत दिनुभयो । उहाँले आफू व्यक्तिगत खर्चमा पहिलोपटक यात्रामा निस्केको समेत बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै