२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बालिघाट पर्यटकीय क्षेत्रका रुपमा स्थापित

११ आश्विन २०७३, मंगलवार ०५:१३

असोज ११, रामपुर (पाल्पा) । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ । 

स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी सङ्घ संस्था र स्थानीयको सहयोगमा बनेको शिवालय मन्दिर, बाल उद्यान, दरै संस्कृतिमा आधारित घुमाउने घर, पिकनिक स्थल, प्रतिक्षालय, हरियाली आँपको बगैँचा, बालुवामा खेलिने भलिबल कोर्ट, हरियाली घाँसेमैदानसहितको जङ्गल, संस्थाको कार्यालय निर्माण गरिएपछि यस ठाउँको सुन्दरतालाई अझ मनमोहक पारेको स्थानीय वीरबहादुर विसीले बताउनुभयो । 

बालिघाट क्षेत्रमा रहेको शिवालय मन्दिरमा पूजापाठ गर्न र वनभोजका लागि आउनेको सहभागिता बढ्दो छ । कालिनदीको चिसो, शान्त, मनोरम दृश्यसँगै मनै लोभ्याउने खालको बालिघाट क्षेत्रमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानका विद्यालय, सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न र पिकनिकका लागि आउने गर्दछन् । 

वाल्मिकी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको धार्मिक किम्वदन्ती रहेको बालिघाटमा शनिबार पिकनिक आउनेको चहलपहल हुने गरेको बालिघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो । 

कालिगण्डकी नदीबेँसीमा रहेका यस्ता धार्मिक तथा साँस्कृतिक स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नसके थप गाउँको विकासमा टेवा पुग्ने थियो । बालिघाट जस्तै थुप्रै धार्मिक, ऐतिहासिक, मनोरम क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा व्यापार व्यवसाय फस्टाउने थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड