२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु

२०७३, ११ आश्विन मंगलवार ०५:४९

असोज ११, इनरुवा । सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच सोमबार साँझ विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

स्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक खातुनले स्थानीय सडक पेटीको जग्गामा घाँस काटेपछि विवाद उत्पन्न भएको र सोहीक्रममा उहाँको मृत्यु भएको हो । 

मृतक खातुनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा नरसिंह–१ बस्ने सवरुन खातुन, अमुना खातुन र मुस्तका मियाँ रहेको प्रहरीले जनाएको छ । 

स्थानीयले घाँस काट्ने विषयमा झगडा भएको र सोही क्रममा आफरोजको मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानबाट मात्र खुल्ने जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित