असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन । 
१ माघ २०८२, बुधबार
उदयपुर - UDP

एक हप्तादेखि बन्द सिद्धिचरण लोकमार्ग अझै खुलेन

११ आश्विन २०७३, मंगलवार ०६:४२

असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन । 

एक हप्तादेखि उक्त सडकखण्ड खुल्न नसक्दा मालबाहक सामान समेत ढुवानीमा अवरुद्ध हुँदा उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर र खोटाङलगायतका स्थानमा उपभोग्य वस्तुको अभाव हुन थालेको सम्बन्धित क्षेत्रका जनताले बताएका छन् । 

पेट्रोल, डिजेल तथा अन्य उपभोग्य वस्तुको अभाव हुँदा उदयपुरको घुर्मी बजारलगायत हर्कपुर क्षेत्रमा समस्या हुन थालेको घुर्मीका सरेन्द्र खड्काले बताउनुभयो । 

सिद्धिचरण लोकमार्ग खुल्न नसकेपछि अहिले घुर्मी, हर्कपुरलगायत खोटाङको हलेसी क्षेत्रमा व्यापारीले व्यापकरुपमा वस्तुको अभाव देखाएर कालोबजारी गर्न थालेको हलेसी च्यास्मिटार–३ का दीपेन्द्र चामलिङले बताउनुभयो । 

खानेतेल, पेट्रोल, डिजेललगायतका उपभोग्य वस्तुको मूल्य व्यापारीले दोब्बरले वृद्धि गरेको समेत चामलिङको भनाइ रहेको छ । यता लोकमार्ग अवरुद्ध हुँदा दसैँमा टाढा–टाढाबाट सिद्धिचरण लोकमार्ग हुँदै पहाडी क्षेत्रको ओखलढुङ्गा, सोलु र खोटाङ हिँडेका यात्रु बाटैमा बिचल्लीमा परेको घुर्मीका यातायात व्यवसायी कुमार लुङ्गेलीले बताउनुभयो । 

केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् । यता सिद्धिचरण लोकमार्ग खुलाउन सडक डिभिजन कार्यालय लहान, इलाका प्रहरी कार्यालय कटारीसहितका स्थानीय समेत लागेर दैनिक प्रयास गरेको भए तापनि पहिरो झर्ने क्रम जारी रहेकाले गर्दा काम गर्न बाधा परिरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । 

केही सञ्चारमाध्यमले सिद्धिचरण लोकमार्ग खुल्यो भनेर समाचार आएको कुरा समेत सत्य नभएको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल