८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना, १५ जना भन्दा बढीको मृत्यु

११ आश्विन २०७३, मंगलवार ०७:००

असोज ११, धादिङ | धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना भन्दा बढीको मृत्यु भएको अपुष्ट समाचार प्राप्त भएको छ ।

धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस आज बिहान करिव साढे ११ बजे मार्फा–६ लपाङफेदीमा दुर्घटना भएको हो । प्रहरीले दुर्घटना भएको पुष्टि गर्दै १४ जनाको मृत्यु भएको बताए पनि प्रत्यक्षदर्सीले भने १५ जना भन्दा बढीको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परेको बसमा ३१ जना यात्रु रहेको बताइएको छ । बस सडकबाट ३०० मिटर तल आँखु खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका ९ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको धादिङका एसपी शरद खत्रीले जानकारी दिए ।

घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीदेखि एक दिनको पैदल दूरीमा पर्छ भने बस मार्फत कम्तिमा ५ घण्टा लाग्छ । उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गईसकेको छ ।

घटनाबारे थप जानकारी केही बेरमा आउँदैछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी