२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना, १५ जना भन्दा बढीको मृत्यु

२०७३, ११ आश्विन मंगलवार ०७:००

असोज ११, धादिङ | धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना भन्दा बढीको मृत्यु भएको अपुष्ट समाचार प्राप्त भएको छ ।

धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस आज बिहान करिव साढे ११ बजे मार्फा–६ लपाङफेदीमा दुर्घटना भएको हो । प्रहरीले दुर्घटना भएको पुष्टि गर्दै १४ जनाको मृत्यु भएको बताए पनि प्रत्यक्षदर्सीले भने १५ जना भन्दा बढीको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परेको बसमा ३१ जना यात्रु रहेको बताइएको छ । बस सडकबाट ३०० मिटर तल आँखु खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका ९ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको धादिङका एसपी शरद खत्रीले जानकारी दिए ।

घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीदेखि एक दिनको पैदल दूरीमा पर्छ भने बस मार्फत कम्तिमा ५ घण्टा लाग्छ । उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गईसकेको छ ।

घटनाबारे थप जानकारी केही बेरमा आउँदैछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने