असोज ११, नवलपरासी । नवलपरासीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । नवलपरासीको पहाडि भेगमा पर्ने डेढगाउमा सर्पको घरमा सुतिरहेका डेढगाउ ६ का ३६ वर्षीय कमला फाल मगरको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
सोमबार राति सर्पले डसेको थाहा पाएपछि उपचारकोलागी पोखरा मणिपाल अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको डेढगाउ प्रहरीले जनाएको छ ।