पहिरोले पुरेर बेपत्ता ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार

Posted on: 18 Jun, 2023

असार ३, पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।

गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिरो आउँदा  मनप्रसाद भने घरबाहिर थिए।

फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १  र २ वटा जेविवी बगाइसकेको छ। फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङको वडा नम्बर ५ र ३ जोड्ने माछेबुङ मोटरेबल पुल पनि बाढीले बगाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!