असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो"/>
२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

युवतिहरुको पहिलो रोजाईमा पानीपुरी

२०७३, १३ आश्विन बिहीबार ०४:५२

असोज १३, दार्चुला | भारतको मगध क्षेत्रबाट सुरुवात भएको गालगप्पा अर्थात पानीपुरीको व्यापार दार्चुलामा पनि शुरु भएकको छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो र अन्य मसमसाला सहितको पानीमा चोपी खाईने पानी पुरी भारतको कलकत्तामा मात्रै नभएर नेपाली धेरै ठाउमा अत्यन्तै प्रचलित छ ।

विगत २ महिना अगाडी दार्चुलामा पानीको पुरीको व्यापारमा खासै महत्व नदिईएकोमा अहिले २, ३ वटा सम्म पसल खुलिसकेका छन् । अहिले खलंगा बजारको बसपार्क खुलामञ्च अगाडी र विच बजार क्षेत्रमा पानी पुरी पसलहरु रहेका छन् । दार्चुला लगायत कतिपय ठाउमा यसलाई पानी पुरी भनिएपनि यसको वास्तविक नाम गोल गप्पा हो जसको अर्थ हुन्छ मुखमा अटाउने गोलो खाना पानी पुरी तयार पार्न सामान्यतया आलु, मटर, ईम्ली, निचि, मैदा, पुदिना, धनिय, कालो नुन, भेनिगर (कागती र केराउ )  र अम्चुर जस्ता पदार्थहरु मिसाएर पानी पुरी निर्माण हुन्छ ।

एक दिनका लागी पानी पुरी बनाउने सामाग्री तयार पार्न ३ घण्टा सम्म लाग्ने बताउनु हुन्छ दार्चुलामा पानी पुरी व्यापार गर्दै आएका एक जना व्यापारी हर्क बहादुर बम विहान १० बजेदेखी १२ बजेसम्म सामाग्री संकलन र तयार गर्छु एक बजेदेखी बेलुकी ८ बजेसम्म ठेलामा बसेर पानी पुरी बनाउछु बेलुकी सम्म सबै खर्च कटाएर ८ सय सम्मको व्यापार हुन्छ । बमले भन्नुभयो सबै पुस्ताले पानी पुरी खान्छन तर अहिलेको समयमा युवतिहरु बढी नै आउछन् । बमसँग कुरा गर्न बेला पानी पुरी खान आएका ग्राहकहरु मञ्जु तिंकरी र ईश्वरी बमलाई पानीपुरी दिनको कति खानुहुन्छ भनेर सोध्दा दुबैले एकै स्वरमा भने कम्तिमा पनि ५ देखी ८, ९ सम्म गोलगप्पा खाईन्छ ।

अनि उनिहरुले थपे मिठो पनि लाग्छ भोक पनि छिटो मिट्ने भएकाले बेलुकीको समयमा सधै आईन्छ । 

- फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे