असोज १३, कपिलवस्तु । कपिलवस्तु जिल्ला गणेशपुर ८ दत्तपुरकि ३५ वर्षिय महिलाले दुई वटा टाउको भएको शिशु जन्माएकी छिन । जावेद पाठनकी श्रीमति सुविया पठानको एक छोरा र दुई छोरि रहेका थिए ।
वुधवार विहान जन्मेकी शिशुको दुइओटा टाउको मध्य एउटा केही सानो रहेको छ । शिशु स्वस्थ रहेको दुध समेत खाने गरेको तर महिला शारिरीक रुपमा निकै कमजोर रहेकी स्थानियले जानकारी दिएका छन । शिशुलाई हेर्ने हरुको भिड लागेको छ । नव शिशु सहित पठान चार सन्तानकि आमा वनेकि छन् ।