अत्तरियामा सरकारी कार्यालयको गाडी तोडफोड

Posted on: 20 Jun, 2023

असार ५, कैलाली | कैलालीको अत्तरियामा आज बिहान एक सरकारी कार्यालयको गाडीमा तोडफोड भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालका अनुसार गाडीको पछाडिको सिसा फुटेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सुदूरपश्चिममा केही सातादेखि आन्दोलनरत स्थानीयले आज सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम गरेका थिए ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालनको लागि अत्तरियालगायत स्थानमा सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!