२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुस्त मनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा मोरङमा प्रहरीका पूर्वहवल्दार पक्राउ

२०८०, १० असार आईतवार ०६:४१

असार १०, विराटनगर | मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार दिउँसो सुस्त मनस्थितिकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वहवल्दारलाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारमा संलग्न ४० वर्षीय गणेश राजवंशीलाई पक्राउ गरिएको हो । राजवंशी नेपाल प्रहरीका अवकाश प्राप्त हवल्दार हुन् । उनको घरमा किराना पसल पनि छ । 

प्रारम्भिक अनुसन्धानबाट आफ्ना छोरासँग खेल्न घरमा आएका बेला राजवंशीले ललाईफकाई बालिकालाई बलात्कार गरेको पत्ता लागेको दाहालले बताए । प्रहरीका अनुसार घटना शनिबार दिउँसो २ बजेतिरको हो । तर, बालिकाको स्वास्थ्यमा समस्या भएको भन्दै आफन्त र परिवारका सदस्यले उपचारका लागि विराटनगर ल्याएपछि मात्रै घटना बाहिर आयो । 

पीडित बालिकालाई शनिबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित र पीडक छिमेकी हुन् । डीएसपी दाहालका अनुसार पीडित बालिका पीडक राजवंशीको छोरासँग खेल्न र पसलमा सामान किन्नका लागि उनको घरमा जानेआउने गर्थिन् । बालिकाका अभिभावक काममा गएको र छोरासँग खेल्नका लागि घरमा आएको मौका छोपेर राजवंशीले बलात्कार गरेको पाइएको उनले बताए । 

उनका अनुसार घटना सार्वजनिक हुनसाथ राजवंशीलाई राति नै पक्राउ गरिएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाउने तयारी गरिएको जानकारी डीएसपी दाहालले दिए । राजवंशीले यसअघि पनि बालिकालाई बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । यसअघि घटना कहिले भयोभन्ने खुल्न सकेको छैन । तर, पटकपटक बलात्कार गरेको पाइएको जानकारी प्रहरीले दिएको छ । ‘बलात्कारपछि अनेक डर देखाउने र धम्की दिने गरेका कारण त्रासमा परेकी बालिकाले घटनाका बारेमा कसैलाई सुनाउन नसकेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पछिल्लोपटक भने उपचारका लागि अस्पताल ल्याउनु परेपछि घटना बाहिर आएको हो ।’

पीडित बालिका कक्षा १ मा अध्ययनरत छिन् । विद्यालय पुगेर नियमित अध्ययन गर्ने गरेको भएपनि सुस्त मनस्थितिकै कारण उनको पढाइमा प्रगति हुन नसकेको पाइएको डीएसपी दाहालले बताए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै